भेरी बबई डाइभर्सनको काम दुई वर्षभित्र सम्पन्न गर्न मन्त्री बस्नेतको निर्देशन
सुर्खेत । नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेतले राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सनको काम आगामी दुई वर्षभित्र पुरा गर्ने गरी कार्य योजना बनाउन निर्देशन दिएका छन् ।
स्थलगत अनुगमन पश्चात् आयोजनाका कर्मचारी, ठेकेदार कम्पनीका कर्मचारीहरुसँगको छलफलका क्रममा मन्त्री बस्नेतले आगामी दुई वर्षमा काम सम्पन्न गर्नका लागि ठोस कार्य योजना बनाउन निर्देशन दिएका हुन् ।
तोकिएको अवधिमा काम सम्पन्न गर्ने अवस्था नभए निर्माण अवधिको म्याद मात्र थपेर नहुने उनको भनाइ छ । उनले आगामी दिनमा म्याद मात्र थमौती गर्ने काम सरकारले नगर्ने बताए ।
साथै मन्त्री बस्नेतले भेरी बबईको काम अपेक्षा गरे अनुसार अगाडि बढ्न नसकेको बताए । ‘दुई वर्षे कार्य योजना बनाई त्यो अनुसार काम भए नभएको रिर्पोट अनुसार मात्र म्याद थपिने छ,’ उनले भने,‘ जतिपनि म्याद थपेको थप्यै गर्ने काम अब सरकारबाट हुँदैन ।’
आयोजना प्रभावित क्षेत्रका नागरिकलाई मुआब्जा दिने काम पनि तत्काल अघि बढाउन उनले निर्देशन दिएका छन् । उनले अगाडि भने,‘प्रक्रिया पुगेका नागरिकलाई आयोजनाले वा सरकारले अन्याय गर्ने काम हुँदैन, प्रक्रिया पुगेका नागरिकका फाइल अघि बढाई मुआब्जा लिन वञ्चित जनतालाई प्रक्रियामा लैजानुहोस् । नागरिकलाई हाम्रो तर्फबाट मर्का पार्ने काम गरिनु हुँदैन ।’
भेरी बबईको काम अहिलेसम्म ६० प्रतिशत भन्दा केही बढी भएको आयोजनाले जानकारी दियो । अनुगमन कार्यक्रममा कर्णाली प्रदेश सरकारका कार्यवाहक मुख्यमन्त्री मंगल शाही,सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जिसी, प्रदेश सभा सदस्य विन्दमान विष्ट लगायत पनि सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण