नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको संयोजकत्वमा संस्कृति नीति कार्यदल गठन
काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको संयोजकत्वमा १३ सदस्यीय संस्कृति नीति कार्यदल गठन भएको छ । मुलुकको सांस्कृतिक तथा ऐतिहासिक क्षेत्रमा काम गर्ने गरी छुट्टै संस्कृति नीति बनाउने उद्देश्यले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पहलमा कार्यदल गठन गरेको हो ।
पर्यटन मन्त्रालयको मन्त्रिस्तरीय निर्णय अनुसार कार्यदल गठन भएको हो । मन्त्री सुदन किरातीले मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन क्षेत्र हेर्ने भएपनि संस्कृतिको क्षेत्रमा खासै काम हुन नसकिएकोले सोलाई समेट्ने गरी नीति बनाउन लागिएको बताए ।
कार्यदलमा राईको नेतृत्वमा सदस्य समितिमा पूर्व सांसद मल्ल के सुन्दर, भाषा आयोगका सदस्य डा. अमर गिरी, संस्कृति महाशाखा प्रमुख दामोदर गौतम, संस्कृतिविद् डा. प्रेम खत्री, संस्कृतिविद् डा. डिल्ली ओली, पूर्वसचिव डा. मानबहादुर विश्वकर्मा, प्रा.डा. विपण पौड्याल, देवशरण यादव, सांस्कृतिक अध्येता भोगीराज चाम्लिङ चलचित्र निर्देशक नवीन सुब्बा र सदस्य सचिवमा संस्कृति शाखा प्रमुख उप सचिव पूण्यमाया गुरागाईं रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण