नवलपुरमा रेबिजविरुद्धको भ्याक्सिन अभाव
त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा रेबिज विरुद्धको भ्याक्सिन अभाव भएको छ । जिल्लास्थित मध्यविन्दु जिल्ला अस्पतालसहित भ्याक्सिन उपलब्ध हुने यहाँका सरकारी स्वास्थ्य संस्थामा उक्त भ्याक्सिनको अभाव भएको हो ।
जिल्ला अस्पतालमा भ्याक्सिन सकिएपछि अस्पतालले सार्वजनिक सूचना जारी गर्दै हाल उक्त रोगको उपचार गर्न नसक्ने जनाएको छ । अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीका अनुसार केन्द्रबाट भ्याक्सिन प्राप्त नभएकाले यहाँको सेवा राखिएको छ ।
अस्पतालमा मासिक करिब तीन सय डोज रेबिज विरुद्धको भ्याक्सिन खपत हुँदै आएकामा भ्याक्सिन अभाव भएसँगै सेवाग्राहीहरु मर्कामा परेका छन् ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखामार्फत प्रदेश स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्रमा भ्याक्सिन आउने र त्यहाँबाट आफूहरूले ल्याउने गरेको उनले बताए । हाल केन्द्रमै भ्याक्सिनको अभाव भएको भन्ने जानकारी आएकाले भ्याक्सिन अभावमा अस्पतालको सेवामा समेत असर परेको सूचना अधिकारी सुवेदीको भनाइ थियो ।
नवलपुरस्थित स्वास्थ्य कार्यालयको स्टोरमा समेत भ्याक्सिनको अभाव भएको छ । आवश्यक मात्रामा भ्याक्सिन नआउँदा अभाव हुन थालेको त्यहाँका स्रोत व्यक्ति डिल्लिराम तिवारीले बताए । “हामीकहाँ यस्तै ८/१० भायल होला, केन्द्रबाट भ्याक्सिन पर्याप्त नआउँदा अभाव भएको छ” उनले भने, “केही दिनभित्र भ्याक्सिनको व्यवस्थापन नभए भ्याक्सिन नभएको सूचना जारी गर्नुपर्ने अवस्था आउनेछ ।”
उक्त अस्पतालका साथै चोरमारा प्राथमिक स्वास्थ्य केन्द्र, दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्र, गैँडाकोट नगर अस्पताल र डेढगाउँस्थित रकुवा प्राथमिक स्वास्थ्य केन्द्रबाट पनि रेबिज विरुद्धको भ्याक्सिन लगाउने गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
-
भिसाको अन्योलबिच विश्वकपका लागि मेक्सिको प्रस्थान गर्दै इरानी टोली
-
एआईलाई सिर्जनात्मक स्वतन्त्रता दिने कि नदिने ? विवादमा तानिए मार्टिन स्कोर्सेस
-
गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत चढ्ने स्कोर्पियो चोरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण