अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई शक्तिशाली बनाउनुपर्छ : उपमहासचिव गुरुङ
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपमहासचिव एवं सांसद पृथ्वीसुब्बा गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अझ शक्तीशाली बनाउन सरकारसँग माग गरेका छन् ।
सबै निकायमाथि अनुसन्धानको कामलाई अघि बढाउन तथा मुलुकमा विद्यमान भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न पनि अख्तियारजस्ता नियमक निकायलाई अझै सशक्त र प्रभावकारी बनाउनुपर्ने उनको तर्क थियो ।
मंगलवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उपमहासचिव गुरुङले राष्ट्रिय सुरक्षा र सीमासम्बन्धी ऐन बनाउन पनि राज्य व्यवस्था तथा सुशासन समितिले तत्काल पहल गर्नुपर्ने आवश्यक्ता औंल्याए ।
उपमहासचिव गुरुङले संविधानको मर्म र भावना अनुसार सीमासम्बन्धी कानुन निर्माण गर्न सरकारले ढिलाइ गर्न नहुने बताए ।
उपमहासचिव गुरुङले सबै दलहरुको एकताबद्ध प्रयासबाट मात्रै मुलुकको राज्य व्यवस्थालाई बलियो बनाउन सकिने पनि स्मरण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण