सुन तस्करी प्रकरण : दावा छिरिङको भूमिका व्यवस्थापक, लगानी भेटिएन
काठमाडौँ । ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा पक्राउ गरिएका दावा छिरिङ ‘व्यवस्थापक’को भूमिकामा देखिएका छन् । हङकङबाट चिनियाँ तस्करले ल्याउने सुन काठमाडौँ उपत्यकामा व्यवस्थापन गर्न दावाको संलग्नता देखिएको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान निष्कर्ष छ ।
केन्द्रीय अनुसन्धान ब्युरो ‘सिआईबी’का अनुसन्धान अधिकृतहरूका अनुसार सुनमा दावाको लगानी पुष्टि भएको छैन । काठमाडाैँमा बसेर परिआउँदा ‘जे पनि गर्ने’ स्वभावका दावाले सुन तस्करीमा संलग्नहरूका लागि फ्ल्याट खोजिदिने, युवती मिलाइदिने र ठमेल स्थित होटेल भियानामा खाने–बस्ने व्यवस्था मिलाउनले गरेका थिए । होटेल भियना उनकी पत्नी अमला रोकाको नाममा छ ।
‘व्यवस्थापनको पाटोमा दावाको संलग्नता देखिएको छ’ अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्–‘व्यवस्थापन गरेबापत दावाले सुन कारोबारीबाट कमिसन लिने गरेको देखिन्छ ।’ दावा लामो समयदेखि काठमाडौँमा बस्दै आएका छन् ।
दावा छिरिङले नक्कली कागजात पेस गरेर नेपाली नागरिकता लिएको पुष्टि भएको छ । तिब्बतीयन मूलका बेल्जियन नागरिक छिरिङले निमा तामाङको नाममा जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकबाट नागरिकता लिएको गृह मन्त्रालयको छानबिन निष्कर्ष छ ।
छिरिङलाई राजस्व अनुसन्धान विभागको टोलीले साउन १४ मा पक्राउ गरेको थियो । सुन प्रकरणमा हालसम्म २७ जना पक्राउ परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण