बिवाईडीको नयाँ शोरुम अब भक्तपुरको सल्लाघारीमा
काठमाडौँ । बिवाईडीले हालै भक्तपुर सल्लाघारीमा नयाँ सुविधा सम्पन्न शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले भव्य समारोह बीच वि माई अटोमोबाइल्सको नाममा नयाँ शोरुम उद्घाटन गरेको हो ।
शोरुम शुभारम्भ गर्दै वि माई अटोमोबाइल्सका प्रबन्ध निर्देशक नरेन्द्र कुमार रानाले ग्राहकहरु माझ बढ्दै गएको बिवाईडीको लोकप्रियतालाई मध्यनजर गर्दै नयाँ शोरुम सञ्चालनमा ल्याउन पाँउदा आफू निकै उत्साहित भएको र ग्राहकहरुको बढ्दो मागलाई परिपुर्ति गर्दै निरन्तर गुणस्तरीय सेवा तथा सुविधा प्रदान गर्न बिवाईडी प्रतिबद्ध रहेको जानकारी गराए ।
नेपालको विद्धुतीय गाडीको बजारमा राम्रो बजार हिस्सा ओगटेको बिवाईडीले नयाँ इलेक्ट्रिक एसयूभी एटो थ्री सार्वजनिक गरेसँगै नयाँ शोरुमहरु पनि सञ्चालनमा ल्याइएको छ । बीवाईडीको गाडी चढ्ने हरेक ग्राहकको आवश्यकता पूरा गर्न बिवाईडीले विक्रेता सञ्जाल विस्तारलाई विशेष प्राथमिकता दिई अघि बढिरहेको छ ।
बीवाइडीले नेपालभरि आफ्नो संजाल विस्तार गरिरहेको छ र विरगंज र जनकपुरमा पनि डिलरहरु नियुक्त गरेको छ । उक्त स्थानका शोरुमहरु पनि चाँडै नै सञ्चालनमा आउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण