२८.९२ अंकले घट्दै सेयर बजार १९३२ को बिन्दुमा झर्यो
काठमाडौँ । लगातार गिरावटसँगै नेपालको सेयर बजार १९ सय ३२ विन्दुमा झर्न पुगेको छ । साताको अन्तिम कारोबार समेत रहेको बिहीबार नेप्से सूचक २८.९२ अंकले घट्दै १९ सय ३२.४५ को विन्दुमा झरेको हो ।
आज सेन्सेटिभ इन्डेक्स समेत ५.६५ अंकले घटेर ३७१.५८ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । सबैभन्दा बढी आज हाइड्रोपावर समूहको उपसूचक २.५२ प्रतिशतले घटेको छ भने अन्य १२ वटा उपसूचकहरू १ देखि २ प्रतिशतले घटेका छन् ।
तथापि, शिवम् पावर लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने वाराही हाइड्रोपावर पब्लिक कम्पनीको सेयर मूल्य ९.७१ प्रतिशतले घट्न पुगेको छ ।
झन्डै २९ अंकले नेप्से घटेको यस दिन कूल १ अर्ब १५ करोड ९ लाख २० हजार रुपैयाँ बराबरको ३७ लाख ६९ हजार कित्ता सेयर किनबेच भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण