ट्रेड युनियनकै कारण राजश्व उठेन भन्ने निष्कर्षमा पुग्नु हुँदैन : अर्थमन्त्री महत
बिहीबार, २१ भदौ २०८०, १६ : ३२
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले कर्मचारी, शिक्षक र प्राध्यापक समेतलाई जिम्मेवार र उत्तरदायी बनाउने क्षेत्रगत कानुनहरू रहेको बताएका छन् । बिहीबार सांसद प्रेम सुवालले सरकारी ढुकुटी खर्चेर ट्रेड युनियन खोल्ने गर्दा राजश्व कम उठेकोबारे सोधेको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले भने, ‘निजामती सेवा ऐन २०४९ दफा ५३ मा निजामती कर्मचारीले ट्रेड युनियन गठन गर्न सक्ने र पालना गर्नुपर्ने विषय उल्लेख छ ।’
उनले त्यो व्यवस्था संसद्ले नै बनाएको भन्दै शिक्षक कर्मचारी र प्राध्यापकले ट्रेड युनियन गठन गरेको बताए । ‘र, ट्रेड युनियन गठन भएकै कारणले राजश्व उठेन भन्ने निष्कर्षमा हामी पुग्नु हुँदैन’, महतले भने, ‘यद्यपि हामी सबै जागरूक र सचेत हुनुपर्छ ।’ उनले राजश्व कम हुनुमा कोभिड, विदेशी मुद्रा सञ्चितिमा दबाब, युक्रेन युद्ध लगायतका कारण रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण