अधिवक्ता बस्नेतको प्रश्न–नेपाल सरकार दुईवटा छ ?
काठमाडौँ । ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा सरकारले बद्नियतपूर्ण अभियोजन गरेको अधिवक्ता माधव बस्नेतले जिकिर गरेका छन् । ललिता निवास मुद्दामा पक्राउ गरिएका प्रतिवादी विनोद प्रसाद पौडेलको तर्फबाट जिल्ला अदालत काठमाडौँमा बहस गरेका पौडेलले भने–‘एउटै मुद्दा दुईपटक चल्दैन ।’
चार वर्षअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अच्युतमणी नेउपाउनेको प्रतिवेदनको आधारमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको उल्लेख गर्दै भने–‘कार्यालय मात्र फरक हो, अहिले मुद्दा चलाउने पनि तिनै सरकारी वकिल हुन ।’
अच्युतमणी नेउपाने अहिले जिल्ला सरकारी वकिल कार्यालयको प्रमुख हुन् ।
किर्ते मुद्दा थाहा पाएको मितिले दुई वर्षभित्र दायर गरिसक्नुपर्ने कानुनी व्यवस्था भएपनि चार वर्षअघि थापा पाएको सरकारले हदम्याद नाघेपछि मुद्दा ल्याएको बस्नेतको भनाई छ । उनले प्रश्न गरे–‘चार वर्षअघि नै मुद्दा चलाउँदा सरकारले थाहा पाएन ? कि, नेपाल सरकार दुईवटा छ ?’
समरजंग कम्पनीका तत्कालीन सह–लेखापाल विनोद प्रसाद पौडेलको पत्नी विद्या पौडेललाई अख्तियारले प्रतिवादी कायम गरेको छ । उनको नाममा बालुवाटारमा १४ आना जग्गा भेटिएको छ ।
अख्तियारले कायम गरेको बिगो र अहिले सरकारी वकिल कार्यालय काठमाडौँले कायम गरेको बिगो फरक भएको उल्लेख गर्दै बस्नेतले भने–‘जग्गा त्यही हो, बिगो कसरी फरक कायम गरियो ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण