हदम्याद नाघेको मुद्दा दर्ता गराउने छुट सरकारलाई छैन : रमण श्रेष्ठ
काठमाडौँ । बालुवाटारको जग्गा हिनामिना प्रकरणमा सरकारले हदम्याद नाघेको मुद्दा अदालतमा दर्ता गराएको वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले जिकिर गरेका छन् । बिहीबार जिल्ला अदालत काठमाडौँमा प्रतिवादी मीनबहादुर गुरुङको पक्षबाट बहस गरेका श्रेष्ठले भने– ‘सरकारले हदम्याद नाघेपछि दर्ता गर्ने छुट पाउँदैन ।’
जिल्ला सरकारी वकिल कार्यालयले मुलुकी ऐन–२०२० को ‘किर्ते कागज’ को महलअनुसार ललिता निवासको अभियोग पत्र दायर गरेको छ । तर, श्रेष्ठले सो महल खारेज भैसकेको भन्दै राज्यले नै कानुन नमानेको बताए । उनले भने– ‘किर्ते कसुरमा २५ दिन मात्रै थुनामा राख्न मिल्छ तर, ६२ दिनमा मुद्दा दायर गरेर कानुन बमोजिम छ भन्न मिल्दैन ।’
केन्द्रीय अनुसन्धान ब्युरोले प्रतिवादीहरूलाई कानुन विपरीत ६२ दिनसम्म थुनेको श्रेष्ठको भनाई छ । इजलासमा उनले भने– ‘२५ दिनपछिको थुना गैर कानुनी हो ।’ ललिता निवास प्रकरणमा म्याद र हदम्याद दुवै नाघेको हुनाले सबै प्रतिवादीलाई बिना धरौटी छाड्नुपर्ने श्रेष्ठले बताए ।
मुलुकी फौजदारी कार्यविधि–२०७४ अनुसार २५ औँ दिनमा अदालतमा मुद्दा दायर हुनुपर्ने भए पनि बिदा परेको बहनामा अदालतमा ढिला मुद्दा दर्ता नमिल्ने श्रेष्ठको भनाई छ । उनले भने –‘मुद्दा म्याद नाघेर आएको छ ।’
राज्यका संयन्त्रले ‘राम्रो उद्देश्य’ भनेर कानुन विपरीतको काम गर्न नपाउने श्रेष्ठले बताए । उनले प्रश्न गरे– ‘राम्रो उद्देश्यका लागि भनेर मान्छे मार्न पाइन्छ र ?’ ललिता निवासमा राज्यले अन्यायपूर्ण काम गरेको श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण