मीनबहादुर गुरुङका कानुन व्यवसायीको सकियो बहस
काठमाडौँ । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना मुद्दामा मीनबहादुर गुरुङ तर्फका कानुन व्यवसायीको बहस सकिएको छ । भाटभटेनी डेभलपमेन्ट कम्पनी प्रालिका सञ्चालक गुरुङको पक्षबाट बिहीबार वरिष्ठ अधिवक्ताहरू रमणकुमार श्रेष्ठ र उपेन्द्र केशरी न्यौपानेले बहस गरेका छन् ।
मंगलबार गुरुङ पक्षका अधिवक्ता मणि आचार्य, शम्भु पोखरेल, ललित बस्नेत, वरिष्ठ अधिवक्ता सुशील पन्त, शरद कोइराला, कोमलप्रकाश घिमिरे र शम्भु थापाले बहस गरेका थिए ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश भोलानाथ ढकालको इजलासमा अर्का प्रतिवादी घमनकुमार कार्कीको तर्फबाट बहस सुरु भएको छ । कार्की तत्कालीन नापी सर्वेक्षक हुन् ।
प्रतिवादी कार्कीको तर्फबाट अधिवक्ता इन्द्र अधिकारी, वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल र युवराज भण्डारीले बहस गरेका छन् । अहिलेसम्म पूर्व सह–सचिव कलाधर देउजासहित ५ जना प्रतिवादीको तर्फबाट बहस पुरा भएको छ । सो मुद्दामा १८ जना थुनामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण