मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
युद्ध जितेको खुसीयालीमा पाल्पामा रणउजिरेश्वरी भगवती जात्रा, तस्बिरहरु

युद्ध जितेको खुसीयालीमा पाल्पामा रणउजिरेश्वरी भगवती जात्रा, तस्बिरहरु

बिहीबार, २१ भदौ २०८०

काठमाडौँ । नेपालले अंग्रेजलाई हराएको खुसीयालीमा पाल्पामा विजयोत्सवका रुपमा ऐतिहासिक रणउजिरेश्वरी भगवती जात्रा मनाइएको छ । पश्चिमाञ्चलकै ठूलो र राष्ट्रियता जोगाउने पर्वको रुपमा लिइने ऐतिहासिक भगवतीको जात्रा भगवतीको रथयात्रा निकालिएर बिहीबार मनाइएको हो ।

नेपाली सेनाले सलामी दिएर तीनपटक मन्दिर परिक्रमा गराएपछि भगवती जात्राको रथ यात्रा निकालिएको थियो । ल्पाको तानसेनमा गोरखालीले वीरताको प्रतिकका रुपमा सिन्दूर जात्रा गरी बजारमा जयजयकारको गुञ्जनसहित भगवतीको रथयात्रा निकालिने गरिएको छ । 

पाल्पाली प्रशासकका रुपमा कर्णेल उजिरसिं थापाको नेतृत्वमा नेपालले विसं १८७१ पुसदेखि १८७२ जेठसम्म भएको अंग्रेजसँगको युद्धमा बुटवलको जितगढी लगायतका क्षेत्रमा विजय हासिल गरेको सम्झनामा विसं १८७७ देखि निरन्तररुपमा विजयोत्सव मनाइँदै आइएको छ । 

अहिलेको रथ यात्रा २०३ औ भएको भगवती मन्दिर गुठिले जानकारी दिएको छ । 

तस्बिर : मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया