फोटोफिचर
आरती साह प्रकरण : परिवारका सदस्यद्वारा कपाल मुण्डन गरेर विरोध (तस्बिरहरु)
शुक्रबार, २२ भदौ २०८०, १२ : १३
काठमाडौँ । आरती साहको न्यायका लागि काठमाडौँ माइतीघरमा धर्नामा बसेका उनका परिवारका सदस्यले सरकारले बेवास्ता गरेको भन्दै त्यसको विरोधमा कपाल मुण्डन गरेका छन् । साहको परिवारका सदस्यले विरोध प्रदर्शन गरेको ८५ दिन पुग्दा पनि बेवास्ता गरिएको भन्दै शुक्रबार कपाल मुण्डन गरेर विरोध गरेका हुन् ।
‘आरती साहको परिवारको लागि यो सरकार मरिसकेको छ र हिन्दु धर्मअनुसार मरिसकेको मान्छेको नौकेस श्राद्ध गर्ने परम्परा’ अनुसार कपाल मुण्डन गरिएको धर्नामा बसेका एक सदस्यले बताए ।
धनुषा नगराइन–८ खिरखिरया निवासी २५ वर्षीय साहको दाइजोको कारण परिवारबाट नै हत्या भएको माइती पक्षको दाबी छ । उनको माइती पक्ष घटनाको सत्यतथ्य एवं निष्पक्ष छानबिन हुनुपर्ने माग राखी विगत ८५ दिनदेखि माइतीघर मण्डलामा लगातार २४ घण्टे धर्नामा बसिरहेको छ ।
_1xw08MwzfN.jpg)
_ysJVRYmt5f.jpg)
_0yTC9OQOgt.jpg)
_x4bRuhYPl8.jpg)
_VMnb1HE9vH.jpg)
_Q5yVtOWfFB.jpg)
_fQ5WpmC9F0.jpg)
_MtHn7PRnsL.jpg)
_5zN519iWOe.jpg)
_ejIjkvBnh8.jpg)
_pQsHyaAp0P.jpg)
_LgzTfc2UoP.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण