प्रदेश सांसद र डीएसपीबीचको विवाद छानबिन गर्न समिति गठन
काठमाडौँ । कोशी प्रदेशसभाका सांसद खगेनसिंह हाङगाम र ताप्लेजुङका डीएसपी राजन लिम्बु बीचको विवादबारे छानबिन गर्न समिति गठन गरिएको छ । प्रहरी उपरीक्षक ऋषिराम कँडेलको नेतृत्वमा छानबिन समिति गठन गरिएको कोशी प्रदेशका डीआईजी राजेशनाथ बास्तोलाले रातोपाटीलाई बताएका हुन् । समितिमा संयोजक सहित ४ जना सदस्य छन् ।
भदौ २१ मा फुङलिङमा आयोजित ‘मिनिमेला’मा सादा पोसाकका प्रहरीले मेला हेर्न आएका स्थानीयलाई जिस्क्याएको निहुँमा सांसद र डीएसपीको प्रतिष्ठाको लडाइँ बनेको छ । प्रदेश सांसद हाङगाम पक्षधरले प्रहरीले रातभर सांसदको घर घेरेको दाबी गरेका छन् ।
मेलाबाट सुरु भएको विवादपछि सांसद हाङगामले ताप्लेजुङका डीएसपी राजन लिम्बुविरुद्ध ‘विवादास्पद’ अभिव्यक्ति दिएका छन् । सांसद हाङगामले डीएसपीलाई ‘बर्दी खोल्न तयार छौँ’ भदै मुठभेडमा आउन खुल्ला आह्वान गरेका छन् । हाङगामले डीएसपीका परिवारलाई पनि नछाड्ने धम्की दिएका छन् । उनको भनाइ सामाजिक सञ्जालमा भाइरल छ ।
सांसद खगेनसिंह हाङगामको अभिव्यक्ति ‘नोटिस’मा रहेको डीआईजी बास्तोलाले बताए । उनले भने–‘उहाँको भनाई नोटिसमा छ ।’ आन्तरिक छानबिनका लागि एसपी ऋषिराम कँडेल नेतृत्वको टिम छाप्लेजुङमा पुगेको छ । हाङगाम ताप्लेजुङ क्षेत्र नम्बर–१ (२) बाट निर्वाचित नेपाली कांग्रेसका सांसद हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण