बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

छोरालाई राम्रो मान्छे बनाउने बुवाको जिम्मेवारी, यी पाँच कुरा अवश्य सिकाउनुहोस्

आइतबार, २४ भदौ २०८०, ११ : ४३
आइतबार, २४ भदौ २०८०

यदि तपाईं आफ्नो छोरा राम्रो मान्छे बनोस् र जीवनमा मानिसहरूबाट सम्मान प्राप्त गरोस् भन्ने चाहनुहुन्छ भने उसलाई बाल्यकालदेखि नै ती जीवनोपयोगी कुराबारे जानकारी दिन सुरु गर्नुहोस् जुन उसलाई सधैँ भरी काम लाग्छ । जसले उसलाई गलत बाटो रोज्नबाट राेक्न सक्छ । यसमा बुवाको भूमिका महत्त्वपूर्ण हुन्छ । आज हामी तपाईंलाई बुवाले छोरालाई कस्ता कुरा सिकाउन सक्छन् भन्नेबारे जानकारी दिँदै छौँ । 

फादरवेबसाइटका अनुसार एउटा बुवाले निकै सजिलै आफ्ना छोराछोरीलाई जीवनको पाठ पढाउन सक्छन् । बच्चाको पारिवारिक जग बलियो बनाउन, तपाईंले उसलाई सिकाउनुपर्छ कि लिडरले कहिल्यै झुट बोल्दैनन्, कहिल्यै गल्ती गर्दैनन्, कहिल्यै चोर्दैनन् वा मानिसहरूलाई धोका दिँदैनन् । यो कुरा बच्चाको लागि जीवन मन्त्र जस्तै हुनेछ ।

एउटा बुवाले आफ्नो छोरा–छोरीलाई के सिकाउनुपर्छ भने  सूर्यमा निशाना लगाउँदा तीर सूर्यको वरिपरि त पक्कै जानेछ । यसरी तपाईंले उनीहरूलाई जीवनमा केही ठुलो सपना देख्न र त्यसलाई पूरा गर्न हौसला दिनुहोस् । यसका लागि उनीहरूलाई हार्न, लड्न र त्यसपछि आफैँ उठ्ने मौका पनि दिनुहोस् । 

यदि तपाईंको बच्चा कुनै प्रसिद्ध व्यक्तिको फ्यान छ भने, उसलाई ‘तिमी पनि ती व्यक्ति जस्तै बन्न सक्छौ’ भन्नुहोस् । बच्चाहरूलाई उनीहरूको मन पर्ने वा सफल व्यक्तिहरूको सङ्घर्ष बारे बताउनुहोस् वा पढेर सुनाउनुहोस् । उनीहरूलाई उत्कृष्ट स्वास्थ्य, पढाई–लेखाई र मेहनतले यी सबै कुरा प्राप्त गर्न सकिन्छ भनेर भन्नुहोस् । 

आफ्नो छोरा–छोरीलाई राम्रो मान्छे बनाउन, उसलाई शिष्टाचार सिकाउनु सबैभन्दा महत्त्वपूर्ण हुन्छ, जुन एक बुबाले राम्रो तरिकाले सिकाउन सक्छन् । यसका लागि मानिससँग राम्रो व्यवहार गर्नुपर्छ, घरका महिलाहरूसँग आदरपूर्वक कुरा गर्नुपर्छ, उनीहरूको हेरचाह गर्नुपर्छ र आफ्नो छोरालाई पनि त्यस्तै गर्न सिकाउनुपर्छ । आफ्नो छोरालाई महिला र वृद्ध–वृद्धासँग राम्रो व्यवहार गर्न किन महत्त्वपूर्ण छ र उनीहरूलाई कसरी आदर गर्न सकिन्छ भनेर सिकाउनुहोस् ।

आफ्नो छोरालाई जिम्मेवार व्यक्ति बनाउनुहोस् । यसका लागि उनीहरूलाई सानैदेखि जिम्मेवारी कसरी लिन सकिन्छ भनेर सिकाउनुहोस् । एक जिम्मेवार व्यक्तिले आफ्नो गल्तीको पनि जिम्मेवारी लिन्छ भन्ने कुरा सिकाउनुहोस् । यदि कुनै किसिमको गल्ती भएको छ भने सुरुमै कुनै बहाना नबनाई माफी माग्न सिकाउनुहोस् । यी सबै कुराले बच्चाको जीवनमा सफलताको बाटो देखाउनेछ र कठिन परिस्थितिसँग लड्दै राम्रो व्यक्ति बन्नेछ र जीवनमा सफलता हासिल गर्नेछ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप