बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

नाडा अटो शो २०२३ विशेष : बोल्ड ‘सेरेस–३’ नेपाल भित्रियो

ईभीमा एसयूभीको उत्कृष्ट विकल्प
आइतबार, २४ भदौ २०८०

काठमाडौं । नाडा अटो शो, २०२३ विशेष नयाँ ईभी ‘सेरेस–३’ प्रदर्शन हुने भएको छ । नेपालका लागि चाङ्योङ ब्राण्डको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटोकर्पले बहुप्रतिक्षित ईभी सेरेस–३ नेपाल भित्र्याएको हो । 

खास गरी, नेपालीहरुको मुख्य चाड दशैँ, तिहार र छठको पूर्वसन्ध्यामा भित्र्याईको यस कारलाई नाडा अटो शो, २०२३ मा प्रदर्शन गरिने कम्पनीले जनाएको छ । 

सेरेस–३ एसयूभी सेग्मेन्टका लागि उपयुक्त प्रिमियम बोल्ड ईभी कार हो । विद्युतीय सवारी ल्यान्डस्केपलाई अझ विस्तार गर्ने क्रममा कम्पनीले सेरेस–३ लाई नेपाली बजारमा भित्र्याएको बताएको छ । 

video-poster

सेरेस–३, ९९ किलोवाट पिक पावरमा ५२.७ किलोवाट ब्याट्री क्षमतामा आएको छ । जसले ३०० एनएमको टक्र्यू पावर जेनेरेट गर्ने कम्पनीको भनाइ छ । सेरेस–३ ले एक पटकको फूल चार्जमा ४०५ किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीको दावी छ । 

उसो त प्रिमियम सेग्मेन्टमा उपलब्ध सेरेस–३ विद्युतीय सवारी साधनमा मात्र सीमित नभई लक्जरी, पावर, अन–रोड र अफ–रोड दुबैखाले सडक सुहाउँदो उत्कृष्ट एसयूभी ईभी रहेको कम्पनीको भनाइ छ । सेरेस–३ आफ्नो सेग्मेन्टकै सबैभन्दा ठूलो एसयूभी ईभी हो ।

कम्पनीले चालक र यात्रु दुबैका लागि इलेक्ट्रिकल्ली एडजस्टेबल सिटहरूको साथमा पर्याप्त इन्टेरिअर स्पेश, फुट स्पेशका साथमा स्पेसिफ बुथ क्यारीसमेत प्रदान गरेको छ । 

अतिरिक्त फिचर्समा कम्पनीले गाडीमा मल्टी ड्राइभ मोडको अप्सनमा गुणस्तरको ३६०–डिग्री क्यामेरा, ड्यास क्याम र एन्ड्रोइड अटो र एप्पल कार प्ले कनेक्टिभिटीका साथ रियल–टाइम अफलाइन जीपीएस सिस्टमसमेत प्रदान गरेको छ । जसले गाडीलाई थप प्रविधियुक्त र प्रिमियम बनाउन मद्दत गरेको उसको भनाई छ । 

securitydigital-cockpitleather-seats

के छ सुरक्षा विशेषता ?

सुरक्षा फिचर्सको मामलामा निकै सचेतनासहित गाडीको डिजाइन गरेको बताउने कम्पनीले ५ सिटे कारमा ६ वटा एयरब्याग प्रदान गरेको छ । 

साथै, १८ इन्चको टायर प्रदान गरिएको गाडीको अगाडि र पछाडि दुबै तर्फको ह्वीलमा डम्प ब्रेकको प्रयोग गरेको छ । जसले गाडीलाई जतिसुकै लामो यात्रामा वा रेसमा पनि ब्रेकिङ सिस्टमलाई जीवन्त राख्न मद्दत गर्छ । 

उत्कृष्ट एसयूभीमा उपलब्ध सेरेस–३ मा कम्पनीले १९० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स प्रदान गरेको छ ।

यसका अतिरिक्त कम्पनीले सेरेस–३ लाई बोल्ड र आकर्षक लुक्सका साथमा पानारोमा सनरुफ, एलईडी हेडल्याम्पका साथमा टेलल्याम्प, अटो फोल्डेबल तथा हिटेड ओआरभीएम (रियर भ्यू मिरर) प्रदान गरेको छ । 

गाडीमा अटोमेटिक क्लाइमेट चेन्ज सिस्टमका साथमा किं लेस इन्ट्रीको सुविधा उपलब्ध छ । 

युरोप र चीनमा निकै सफलताप्राप्त यस सेरेस–३ ले नेपाली एसयूभी प्रयोगकर्तालाई ईभीमा उपयुुक्त र आकर्षक विकल्प दिनेसमेत कम्पनीको भनाई छ । 

हाल नेपालमा एसयूभी सेग्मेन्टमा उपलब्ध ईभीमा राम्रै प्रतिस्पर्धा हुने विश्वास राखेको कम्पनीले सेरेस–३ को बजार मूल्य भने तोकिसकेको छैन । तथापि, नाडा अटो शो, २०२३ को अवसर पारेर गाडी सार्वजनिक गर्ने तयारी गरेको कम्पनीले ५० देखि ५५ लाखको हाराहारीमा मूल्य तोक्न सक्ने देखिएको छ । 

झण्डै चार वर्षपछि हुन लागेको १५औं संस्करणको नाडा अटो शो, २०२३ यही भदौ २६ देखि ३१ गतेसम्म ६ दिन काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी मार्गमा आयोजना हुँदैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया