युएस ओपन : जोकोभिचलाई कीर्तिमानी २४ औँ ग्रान्ड स्लाम उपाधि
सोमबार, २५ भदौ २०८०, ०६ : ५७
न्युयोर्क । नोभाक जोकोभिचले कीर्तिमान बराबरी गर्दै २४ औँ ग्रान्ड स्लामको उपाधि जितेका छन् । न्युयोर्कमा आयोजित युएस ओपनको फाइनलमा जोकोभिचले ड्यानिल मेडभेडेभलाई हराएका हुन् ।
३६ वर्षीय सर्बियन खेलाडी ६–३, ७–६ (७–५) र ६–३ ले विजयी भए । ‘मेरो लागि यो संसार हो,’ उपाधि जितेपछि जोकोभिचले भने, ‘यो खेलमा मैले मेरो बाल्यकालको सपना जिउँदैछु, यसले खराब अवस्थामा रहेको म र मेरो परिवारलाई धेरै कुरा दिएको छ ।’
जोकोभिचले यो वर्षको सुरुमा राफायल नाडालको २२ वटा मेजर उपाधिको रेकर्ड तोडेका थिए । उनले सन् २०२३ मा चारमध्ये तीन ग्रान्ड स्लाम जितेका छन् । चारपटक यो उपलब्धि हासिल गर्ने उनी पहिलो खेलाडी पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण