होन्डा नेपालले ल्यायो नयाँ होन्डा एलिभेट
काठमाडौँ । होन्डा नेपालले हालै अत्याधुनिक ५ सिटर एसयूभी होन्डा एलिभेट सार्वजनिक गरेको छ । आधुनिक स्टाइल र उत्कृष्ट पर्फमेन्स भएको यस एसयूभीले ग्राहकहरुलाई उच्चस्तरीय ड्राईभिङ्ग अनुभव दिने होन्डाले जनाएको छ।
होन्डा एलिभेटको आकर्षक बाहिरी डिजाइनले सडकमा ध्यान आकर्षित गर्नेछ भने गाडीको स्पेसियस इन्टेरीयरले यात्रुहरुलाई आरामदायी यात्राको अनुभव प्रदान गर्नेछ । यसका अतिरिक्त यस गाडीमा जडान गरिएको अत्याधुनिक होन्डा सेन्सिङ्ग प्रणालीले ड्राइभरलाई सहायता गर्दै अत्याधिक सुरक्षा प्रदान गर्ने कम्पनीको भनाइ छ ।
२२० मिलिमिटरको असाधारण ग्राउण्ड क्लियरेन्स प्रदान गर्दै, एलिभेटले एस यू भी हरुका लागि नयाँ मानक सेट गरेको छ । यसबाहेक, यो गाडीको इन्जिनले १२१ पि एसको प्रभावशाली पावर आउटपुट प्रदान गर्ने कम्पनीको भनाइ छ ।
होन्डा एलिभेट नेपालभरिका आधिकारिक होन्डा डिलरशिपहरूमा उपलब्ध हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण