धार्मिक तथा सामाजिक सद्भाव कायम गर्न कोशी प्रदेश सरकारको अपिल
विराटनगर । कोसी प्रदेश सरकारले सामाजिक तथा धार्मिक सद्भाव कायम गर्न प्रदेशवासीसमक्ष अपिल गरेको छ । कोशी प्रदेश सरकारका प्रवक्ता तथा खानेपानी, सिँचाइ तथा ऊर्जा एवं स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बो (लिम्बु) ले सोमबार जारी गरेको विज्ञप्तिमा विगत केही समय यता कोशी प्रदेशको धरानलगायत केही स्थानमा भएका घटनालाई लिएर आइरहेका अभिव्यक्ति र सञ्चार सामग्रीप्रति चिन्ता प्रकट गरिएको हो ।
उक्त विज्ञप्तिमा भनिएको छ, ‘विगत केही समय यता कोशी प्रदेशको धरानलगायत केही स्थानमा भएका घटनालाई लिएर विभिन्न जातजाति, धर्म र सम्प्रदायबीचको सुसम्बन्धलाई खलल पार्ने,हाम्रो धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भावलाई बिथोल्ने गरी सामाजिक सञ्जाल र अन्य माध्यमबाट शृङ्खलाबद्ध रूपमा आइरहेका अभिव्यक्ति र सञ्चार सामाग्री प्रति कोशी प्रदेश सरकार चिन्ता प्रकट गर्दै सामाजिक तथा धार्मिक सद्भावका लागि हार्दिक अपिल गर्दछ ।’
त्यसै गरी नेपाल एउटा बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भएको र नेपालको संविधानले समेत प्रत्येक व्यक्तिलाई आफ्नो आस्थाअनुसारको धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता प्रदान गरेको छ कुरा उल्लेख गर्दै परापूर्व कालदेखि रहँदै आएको धार्मिक सहिष्णुता र सामाजिक सद्भाव बिथोल्ने गरी व्यक्त गरिने यस प्रकारका अभिव्यक्ति तथा गतिविधि हामी कसैको हितमा नभएको कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यस्ता अभिव्यक्तिबाट उत्पन्न हुनसक्ने धार्मिक र सामाजिक अराजकताले धमिलो पानीमा खेल्न खोज्ने लोकतन्त्र विरोधी दृश्य र अदृश्य शक्तिलाई मात्र सहयोग पुग्ने दाबी पनि विज्ञप्तिमा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
-
विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ, सुनचाँदीका गहना, ड्रोन र नगद बरामद
-
युक्रेनद्वारा पाँच रुसी ब्यालिस्टिक क्षेप्यास्त्र खसालिएको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण