मुगुमा पहिरोकाे जोखिम भएका ३४ घरलाई स्थानान्तरण
मुगु । मुगुको छायानाथ रारा नगरपालिका–१२ लुम्सा गाउँका बाढी र पहिरोको जोखिम भएका ३४ घरपरिवारलाई जुम्लास्थित सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयले स्थानान्तरण गरेको छ ।
भवन निर्माण आयोजना जुम्लाका सब–इन्जिनियर चन्द्रबहादुर खड्काले भने, “छायानाथ रारा नगरपालिका–१२ लुम्सा गाउँमा बाढीपहिराका कारण विस्थापित परिवारलाई कार्मारोङ गाउँपालिका–९ स्थित चिमाथमा बस्ती सारिएको छ ।”
घर स्थानान्तरणका लागि सङ्घीय सरकारको बजेटमार्फत सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयको बस्ती विकास कार्यक्रमबाट उच्च पहिरो र बाढीको जोखिम भएका लुम्सा गाउँका बस्ती सारी घर निर्माण गरिएको हो । दलित आवास कार्यक्रमबाट प्रतिघर रु पाँच लाखका दरले सो वडाका घरहरु निर्माण गरिएको आयोजनाका सब–इन्जिनियर खड्काको भनाइ छ ।
विभिन्न समयमा लुम्सा गाउँमा आएको भीषण पहिरोबाट गाउँ निकै जोखिम रहेको थियो । पटक–पटक सरकारसँग बस्ती सारिदिन माग गरेपछि गत वर्ष सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयबाट ३४ घर निर्माण भई बस्ती स्थानान्तरण भएको स्थानीयवासी पूर्णचन्द्र विश्वकर्माले बताए ।
उनले भने, “मलगायत यहाँका स्थानीयवासीले अहिले नयाँ घर पाएका छन् । बाढी पहिरोबाट घर जोखिममा छैनन् । राम्रोसँग घरमा बस्न पाएका छौं । यो नमूना कार्यका लागि भवन निर्माण आयोजना जुम्ला र बजेटको व्यवस्थापन गरिदिने सम्बन्धित मन्त्रालयलाई विशेष धन्यवाद दिन चाहन्छु ।”
नयाँ घर र बस्ती नै परिवर्तन भएपछि छायानाथ रारा नगरपालिका–१२ लुम्सा गाउँका स्थानीयवासीमा खुसी छाएको उक्त गाउँका स्थानीयवासी बताउँछन् । गाउँमा खानेपानी र सडक समेत विस्तार गरिएको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय जुम्लाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण