ललित राजवंशीलाई भारतीय व्यवसायी मित्तलले ब्याट प्रायोजन गर्ने
काठमाडौँ । पहिलो पटक एसिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाएको नेपालले उत्कृष्ट प्रदर्शन गर्यो । एसिया कपको दुवै खेलमा नेपाली टोली आफूभन्दा निकै बलिया प्रतिद्वन्द्वीसँग पाकिस्तान र भारतसँग पराजित भयो ।
प्रतियोगितामा नेपाली खेलाडीले खेल नजिते पनि असङ्ख्य क्रिकेटप्रेमीको मन भने जित्न सफल भए । खासगरी भारतविरुद्धको खेलपछि नेपाली खेलाडीले गतिलो चर्चा बटुले । भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गरेपछि विश्वभर नेपाली खेलाडीको चर्चा चुलिन पुग्यो ।
भारतीय टोलीका खेलाडी र समर्थकहरूले समेत मुक्त कण्ठले नेपाली खेलाडीको खेलको प्रशंसा गरे । खेलपछि भारतीय टोलीका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेको भन्दै नेपाली खेलाडीलाई मेडल पनि लगाइदिए । विराट कोहली, कप्तान रोहित शर्माजस्ता प्रभावशाली खेलाडीले नेपाली खेलाडीसँग क्रिकेटको विषयमा केन्द्रित रहेर कुराकानी पनि गरे ।
एसिया कपपछि एक प्रसङ्गमा नेपाली टोलीका खेलाडी ललित राजवंशीले आफूसँग अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न गतिलो ब्याट्समेत नरहेको बताएका थिए । २४ वर्षीय राजवंशीले भनेका थिए, ‘मसँग नेटमा अभ्यास गर्ने एउटा ब्याट छ । तर, अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न मसँग ब्याट छैन । त्यसैले अन्तर्राष्ट्रिय प्रतियोगितामा म साथीहरूसँग ब्याट मागेर खेल्छु । खासगरी कुशल भुर्तेलसँग ब्याट लिएर म अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्छु ।’
राजवंशीको उक्त भनाइलाई ‘अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)’ नामक ट्वीटर अकाउन्टमार्फत पनि सेयर गरेको थियो । आईसीसीले भारतीय टोलीका कप्तान शर्मा र नेपाली खेलाडी राजवंशीको तस्बिरसहित उक्त पोस्ट सार्वजनिक गरेको थियो ।
त्यसपछि भारतका एक चर्चित व्यवसायी अनुपम मित्तलले उक्त पोस्ट पढेर त्यसमा चासो व्यक्त गरेका थिए । उनले ‘ललित राजवंशीलाई कस्तो सहयोग चाहिएको हो ?’ भन्दै प्रश्न गरेका थिए । त्यसको जवाफमा आईसीसीले ‘ललित राजवंशीजस्तो उदीयमान खेलाडीलाई प्रायोजन गर्न सके राम्रो हुन्थ्यो’ भनेर जवाफ फर्काएको थियो ।
त्यसपछि भारतीय व्यवसायी मित्तलले आफू राजवंशीलाई ब्याट प्रायोजन गर्न तयार रहेको बताएका थिए । ‘कृपया, ललित राजवंशीलाई मसँग सम्पर्क गर्न भन्नु । उहाँलाई ब्याट प्रायोजन गर्न पाएमा म खुसी हुनेछु,’ मित्तलले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण