धरानका उपप्रमुख बेघाको घर तोडफोड गर्ने पक्राउ
विराटनगर । धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाको घरमा आक्रमण र तोडफोड गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरी प्रहरीका प्रमुख एसपी विपिन गौतमले घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको बताए ।
‘थप व्यक्तिहरु पनि पक्राउ पर्छन्, अहिले एक जना पक्राउ परेका छन् । घटनाको विषयमा अनुसन्धान भइरहेको छ । राजनीतिक कारण भन्दा विवादको अरू नै कारण रहेको जस्तो देखिएको छ,’ उनले भने ।
आज बेलुका धरान–१५ स्थित बेघाको घरमा भएको तोडफोड भएको थियो । जसका कारण घरको झ्यालको सिसा फुटेको बेघाले बताए । उनले राजनीतिक कारणले विवाद नभएको र व्यक्तिगत रहेको बताए । ‘गाउँको वल्लोटोल पल्लोटोलका केटाहरुबीच झगडा भएको हो,’ बेघाले भने, ‘यसमा कुनै राजनीतिक कारण जोडिएको छैन ।’
आक्रमण र झडपमा परी घाइते भएका उपप्रमुख बेघाका कान्छा भाइ विष्णुको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरी प्रमुख गौतमले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
-
विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ, सुनचाँदीका गहना, ड्रोन र नगद बरामद
-
युक्रेनद्वारा पाँच रुसी ब्यालिस्टिक क्षेप्यास्त्र खसालिएको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण