मेस्सी बिना नै अर्जेन्टिनाको सहज जीत
बोलिभिया । कप्तान लियोनेल मेस्सी बिना पनि अर्जेन्टिनाले विश्वकप छनोट खेलमा बोलिभियामाथि सहज जीत हासिल गरेको छ । मंगलबार भएको खेलमा अर्जेन्टिना ३–० गोलले विजयी भएको हो ।
एन्जो फर्नान्डेजले खेलको ३१ औँ मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । ३९ औँ मिनेटमा रोबर्टो फर्नान्डेजले रातो कार्ड पाएपछि बोलिभिया १० खेलाडीमा सीमित बनेको थियो ।
यसको फाइदा उठाउँदै निकोलास टाग्लिफिकोले ४२ औँ मिनेटमा अर्जेन्टिाको अग्रता दोब्बर बनाए । त्यसपछि दोस्रो हाफको अन्त्यतिर निकोलास गोन्जालेजले तेस्रो गोल थप्दै टोलीको जीत सुनिश्चित गरे ।
सात पटकका बालोन डी’ओर विजेता मेस्सीलाई यो खेलमा आराम दिइएको थियो । गत जुलाईमा डेभिड बेकह्यामको इन्टर मियामीमा आबद्ध भएपछि मेस्सीले लगातार खेलहरू खेलिरहेका छन् ।
पछिल्ला ४८ दिनमा उनले १२ खेल खेलेका छन् । यसअघि विश्वकप छनोट अन्तरगत इक्वेडरविरुद्धको खेलमा उनले विजयी गोल पनि गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण