ट्यापिनटेडल औषधि तीन ३ महिनाभित्र फिर्ता गर्न विभागको निर्देशन
काठमाडौँ । औषधि व्यवस्था विभागले अस्पताल फार्मेसी बाहेक खुद्रा औषधि पसलमा बिक्रिवितरण हुन बाँकी रहेका ट्यापिनटेडलका एकल तथा समिश्रण औषधिहरू बिक्री वितरण नगर्न निर्देशन दिएको छ ।
खुद्रा औषधि पसलमा बिक्री वितरण हुन बाँकी रहेका थोक विक्रेतालाई आजदेखि अबको तीन ३ महिना भित्र फिर्ता गर्न निर्देशन दिएको महानिर्देशक नारायणप्रसाद ढकालले बताए ।
यस्तै, उनले ट्यापिनटेडलका एकल तथा समिश्रण औषधिहरू खुद्रा औषधि पसलबाट विक्रि वितरण नगर्न अनुरोध गरे । औषधि सल्लाहकार समितिको २४ साउनमा बसेको ५५ औ बैठकबाट ट्यापिनटेडल एकल तथा समिश्रण औषधिहरू सीमित स्थानहरूबाट मात्र वितरण गर्ने सन्दर्भमा निर्णय गरेको थियो ।
चिकित्सकको प्रेष्किप्सनको आधारमा अस्पताल फार्मेसी (सरकारी तथा निजी) संस्थामा रेकर्ड राखी नियन्त्रण तथा नियमन गर्न औषधि सल्लाहकार समितिले विभागलाई निर्देशन दिएको उनले बताए ।
यो औषधि एकल तथा समिश्रण औषधिहरू अस्पताल फार्मेसीमा मात्र सञ्चय एवं बिक्री वितरण गर्न र मौज्दातको व्यवस्था गर्न समेत विभागले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण