‘ए’ श्रेणीमा राख्ने पहलस्वरुप आयोगका पदाधिकारीहरुद्वारा राष्ट्रपतिसँग भेट
काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसहितका पदाधिकारीहरुले बुधवार राष्ट्रपति रामचन्द्र पौडेलसाग भेटवार्ता गरेका छन् । राष्ट्रपति कार्यालय, शीतल निवासमा पौडेलसँग भेटघाट गरी मानवअधिकार आयोगको स्तर निर्धारणको विषयमा छलफल भएको प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिए ।
छलफलमा आयोगका अध्यक्षले राष्ट्रिय मानवअधिकार आयोगले मानवअधिकार संरक्षण र सम्बद्र्धनका लागि सम्पादन गरेका कार्यको बारेमा जानकारी गराउँदै राष्ट्रिय मानवअधिकार आयोगलाई ‘ए’ श्रेणीमै कायम राख्नको लागि पेरिस सिद्धान्त बमोजिम राष्ट्रिय मानवअधिकार आयोग ऐन निर्माण गर्नुपर्ने र यसका लागि राष्ट्रपतिबाट आवश्यक पहल हुनुपर्ने भनाई राखे ।
राष्ट्रपति पौडेलले आयोगको स्तर ‘ए’ श्रेणीमै कायम राख्नको लागि आफ्नो तर्फबाट आवश्यक पहल गर्ने बताएको पोखरेलले बताए । भेटघाटमा आयोगका सदस्यहरु डा.सूर्य ढुङ्गेल, मिहिर ठाकुर, मनोज दुवाडी, आयोगका कामु सचिव मुरारीप्रसाद खरेललगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण