सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

‘ए’ श्रेणीमा राख्ने पहलस्वरुप आयोगका पदाधिकारीहरुद्वारा राष्ट्रपतिसँग भेट

बुधबार, २७ भदौ २०८०, १७ : ३०
बुधबार, २७ भदौ २०८०

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसहितका पदाधिकारीहरुले बुधवार राष्ट्रपति रामचन्द्र पौडेलसाग भेटवार्ता गरेका छन् । राष्ट्रपति कार्यालय, शीतल निवासमा पौडेलसँग भेटघाट गरी मानवअधिकार आयोगको स्तर निर्धारणको विषयमा छलफल भएको प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिए । 

छलफलमा आयोगका अध्यक्षले राष्ट्रिय मानवअधिकार आयोगले मानवअधिकार संरक्षण र सम्बद्र्धनका लागि सम्पादन गरेका कार्यको बारेमा जानकारी गराउँदै राष्ट्रिय मानवअधिकार आयोगलाई ‘ए’ श्रेणीमै कायम राख्नको लागि पेरिस सिद्धान्त बमोजिम राष्ट्रिय मानवअधिकार आयोग ऐन निर्माण गर्नुपर्ने र यसका लागि राष्ट्रपतिबाट आवश्यक पहल हुनुपर्ने भनाई राखे । 

राष्ट्रपति पौडेलले आयोगको स्तर ‘ए’ श्रेणीमै कायम राख्नको लागि आफ्नो तर्फबाट आवश्यक पहल गर्ने बताएको पोखरेलले बताए ।  भेटघाटमा आयोगका सदस्यहरु डा.सूर्य ढुङ्गेल, मिहिर ठाकुर, मनोज दुवाडी, आयोगका कामु सचिव मुरारीप्रसाद खरेललगायतको उपस्थिति रहेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप