बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बुवाको साथ पाउँदा छोरीहरू हुन्छन् निडर र आत्मविश्वासी, यी आवश्यकता पूरा गरिदिनुहोस्

बिहीबार, २८ भदौ २०८०, ११ : १९
बिहीबार, २८ भदौ २०८०

छोरीको सम्बन्ध आमासँग राम्रो हुन्छ भन्ने गरिन्छ तर एक बुवाको शक्तिले उनलाई विश्वको अगाडि बलियोसँग उभिन र विभिन्न चुनौतीका बाबजुद खुला आकाशमा उड्ने हौसला दिन्छ । एउटी छोरीले आफ्नो पितासँग कस्ता खालको आशा राख्छिन् र एक पिताले आफ्नी छोरीलाई आत्मविश्वासी कसरी बनाउन सक्छन् भन्नेबारे जानकारी दिँदै छौँ । 

father_daughterसाइकोलोजी टुडेका अनुसार बुवासँग राम्रो सम्बन्ध नभएको वा बुवासँग खुलेर कुराकानी नगर्ने छोरीहरूमा डिप्रेसनको समस्या बढी देखिएको अनुसन्धानले देखाएको छ । यसै कारण उनीहरू आफ्नो समस्यामा एक्लो महसुस गर्छन् । कुनै पनि छोरीको जीवनमा पहिलो पुरुष पात्र भनेको उनको पिता हुन्, जो उनको सबैभन्दा नजिक हुन्छन् । यस्तोमा बुवासँग खुसी र दुःख साझा गर्दा छोरीहरूको भित्रैदेखि मजबुती र हौसला बढ्छ । यस्तो हुन नसक्दा उनीहरू एक्लो महसुस गर्छन् । 

father_daughter1बुवाले आफ्नो हरेक आवश्यकता बुझुन् र आफ्ना लागि विशेष समय निकालुन् भन्ने हरेक छोरीको चाहना हुन्छ । बेलुकाको खाना खाँदा दिन कस्तो बित्यो भनेर सोध्ने, केही समस्या भए समाधान कसरी निकाल्ने भनेर छलफल गर्दा मात्रै बाउ–छोरीको सम्बन्ध प्रगाढ हुन्छ । छोरीको इच्छामा आफ्नो उत्सुकता देखाउनुहोस् र आफू छोरीकै वरपर छु भनेर महसुस गराउनुहोस् । यति मात्रै होइन, छोरीले पितामा रोल मोडलका विशेषता खोज्छन् र आफ्नो पिताको कदममा हिँड्न चाहन्छन् । त्यसैले आफ्नो बोली, व्यवहार, शैलीमा निकै ध्यान दिनुहोस् । तपाईं छोरीको लागि उदाहरण हो भन्ने कुरा नबिर्सनुहोस् । 

father_daughter2धेरैजसो छोरीले आफ्नो जीवनसाथी आफ्नो बुवाजस्तै होस् भन्ने चाहन्छन् । तर बुवाले आमासँग राम्रो व्यवहार नगरेको खण्डमा उनलाई आफ्नै विवाहमाथि पनि विश्वास हुँदैन ।  त्यसैले यदि तपाईंकी छोरी छिन् भने उनको अगाडि कहिल्यै पनि उनकी आमालाई गलत व्यवहार नगर्नुहोस् । आफ्नी जीवन सङ्गिनीसँग प्रेम र इज्जतपूर्ण व्यवहार गर्नुहोस् । 

father_daughter3यदि कुनै छोरीलाई उनका पिताले समर्थन गर्छन् र गरिरहन्छन् भने संसारका हरेक दुःख र चुनैताीसँग टक्कर लिनका लागि उनीहरू तयार हुन्छन् । साथै, आफ्ना सपनालाई पूरा गर्नका लागि उनीहरुले कडा मेहनत गर्छन् । यसरी भन्ने हो भने कुनै पनि छोरीलाई आफ्नो बुवाको साथ र समर्थन जीवन भरी चाहिन्छ र महसुस हुन्छ । यो समर्थनले उनलाई भित्रैदेखि बलियो बनाउँछ र आत्मविश्वासले भरिपूर्ण पनि ।

father_daughter4जब तपाईंकी छोरी तपाईंसँग कुनै समस्या लिएर आउँछिन् र आफ्नो हरेक कुरा साट्छिन् भने बुवाले आफूलाई विश्वास गरुन् भन्ने उनी चाहिन्छन्, उनको कुरालाई इज्जत दिउन् भन्ने पनि चाहन्छिन् । तपाईंहरुबीच जे जति कुरा हुन्छ, त्यो कुरा कसैलाई भन्ने, त्यसको खिल्ली उडाउने लगायतका व्यवहार नगर्नुहोस् । 

हरेक छोरीले आफ्ना बुवाले आफूलाई जुनसुकै अवस्थामा पनि कुनै सर्त बिना अर्थात् ‘अनकन्डिसनल’ माया गरुन् भन्ने चाहन्छिन् । उनले कुनै गल्ती गर्दा पनि बुवाले जज नगरुन् वा बुझ्ने प्रयास गरुन् भन्ने चाहना प्रत्येक छोरीको हुन्छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप