‘आइसी डिजाइनर रनवे १२’ फेसन सो हुँदै
काठमाडौँ । फेसनका नयाँ र उत्कृष्ट डिजाइनर प्रस्तुत गर्ने उद्देश्यले ‘आइसी डिजाइनर रनवे १२’ नामक फेसन सो आयोजना हुने भएको छ । आइसी कलेजले आयोजना गर्न लागेको फेसन शोमा २७ नेपाली तथा ६ अन्तराष्ट्रिय मोडलले र्याम्पमा फेसनमा नयाँ डिजाइन प्रस्तुत गर्नेछन् ।
दरबार मार्गस्थित याक एण्ड यती होटलमा आयोजना हुने फेसन शोमा ५१ जना फेसन डिजाइनरले तयार पारेका डिजाइन र्याम्पमा प्रस्तुत गर्नेछन् । फेसन डिजाइनर नै आइसी कलेजका २० औं ब्याजका पास आउट बिद्यार्थी हुन् ।
११ सिक्वेलमा मोडलले फेसन प्रस्तुत गर्ने शोको म्यानेजमेन्ट नेक्स्ट मोडल्स नेपालले लिएको छ । फेसन शोका लागि भारतबाट कोरियोग्राफार यतिन नरेन्द्र गान्धी सहभागी हुनेछन् ।
विगत धेरै बर्षदेखि नियमित आयोजना हुँदै आएको यो फेसन सो यो सिजनकै उत्कृष्ट हुने म्यानेजमेन्ट जिम्मेवारी लिएको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताए ।
नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरुले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तर्राष्ट्रिय स्तरमा पर्याउनु उदेश्यले बिगत लामो समयदेखि ‘आइसी डिजाइनर रनवे’ आयोजना हँुदै आएको आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले बताइन् ।
फेसन शोमा मिडियाका लागि प्रेस कार्डबाट प्रवेशको ब्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण