शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

विद्यार्थीको नेतृत्वबाट बिदा भएका सुदेश पराजुली केन्द्रीय सदस्यमा मनोनीत

बिहीबार, २८ भदौ २०८०, १६ : ००
बिहीबार, २८ भदौ २०८०

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले सुदेश पराजुलीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको नेतृत्वबाट बिदा भएसँगै उनलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ । 

केही महिनाअघि नै पराजुली विद्यार्थी संगठनबाट बिदा भएसँगै नयाँ नेतृत्वमा आरती लामा आएकी छन् । यससँगै पार्टीले पराजुलीलाई केन्द्रीय समितिमा प्रवेश दिएको हो । उनीसहित २१ जनालाई एकीकृत समाजवादीले केन्द्रीय सदस्यमा मनोनीत गरेको सो पार्टीले मातहतका कमिटीलाई पठाएको अन्तरपार्टी निर्देशनमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप