मेरो कार्यकालमा राप्ती राजमार्गको काम पुरा हुन्छ : मन्त्री ज्वाला
बिहीबार, २८ भदौ २०८०, १९ : १५
सल्यान । संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले राप्ती राजमार्गको काम आफ्नै कार्यकालमा पुरा गरिसक्ने दाबी गरेका छन् । बिहीबार सल्यानको खलंगामा पत्रकारसँग कुरा गर्दै मन्त्री ज्वालाले अबको चार वर्षमा राप्ती राजमार्ग दुई लेनको सडक निर्माण सम्पन्न गरिने बताए ।
उनका अनुसार राप्ती राजमार्गमा बहुवर्षीय आयोजना मार्फत यो वर्ष ९० करोड रकम विनियोजन गरिएको छ । चार वर्षसम्ममा काम सम्पन्न गर्न ३ अर्ब ६० करोड रुपैयाँ सुनिश्चितता भइसकेको ज्वालाले बताए ।
साथै उनले मदन भण्डारी राजमार्गको पाथिहाल्दा–थारमारे–श्रीनगर खण्ड, लुम्बिनी रारा राजमार्गको तुलसीपुर–चौरजहारी खण्ड, अन्तर प्रदेश जोड्ने खलंगा–कोहलपुर सडकलाई पनि प्राथमिकतामा राखेर काम भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण