आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

मेरो कार्यकालमा राप्ती राजमार्गको काम पुरा हुन्छ : मन्त्री ज्वाला

बिहीबार, २८ भदौ २०८०, १९ : १५
बिहीबार, २८ भदौ २०८०

सल्यान । संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले राप्ती राजमार्गको काम आफ्नै कार्यकालमा पुरा गरिसक्ने दाबी गरेका छन् ।  बिहीबार सल्यानको खलंगामा पत्रकारसँग कुरा गर्दै मन्त्री ज्वालाले अबको चार वर्षमा राप्ती राजमार्ग दुई लेनको सडक निर्माण सम्पन्न गरिने बताए ।

उनका अनुसार राप्ती राजमार्गमा बहुवर्षीय आयोजना मार्फत यो वर्ष ९० करोड रकम विनियोजन गरिएको छ । चार वर्षसम्ममा काम सम्पन्न गर्न ३ अर्ब ६० करोड रुपैयाँ सुनिश्चितता भइसकेको ज्वालाले बताए ।

साथै उनले मदन भण्डारी राजमार्गको पाथिहाल्दा–थारमारे–श्रीनगर खण्ड, लुम्बिनी रारा राजमार्गको तुलसीपुर–चौरजहारी खण्ड, अन्तर प्रदेश जोड्ने खलंगा–कोहलपुर सडकलाई पनि प्राथमिकतामा राखेर काम भइरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप