जाम्पाले खराब बलिङको रेकर्ड बनाउँदा दक्षिण अफ्रिकाको शानदार जीत
काठमाडौँ । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकासँग १६४ रनको भारी अन्तर पराजित हुँदा अस्ट्रेलियाका एडम जाम्पाले संयुक्त रूपमा सबैभन्दा खराब बलिङको रेकर्ड बनाएका छन् ।
लेग-स्पिनर जाम्पाले आफ्नो १० ओभरमा कुनै पनि विकेट नलिई ११३ रन खर्चेका थिए । जाम्पाले सन् २००६ मा अस्ट्रेलियाकै मार्क लुइसले बनाएको सबैभन्दा खराब बलिङको रेकर्ड बराबर गरेका हुन् ।
उनले अन्तिम ओभरमा २६ रन खर्चिए, जसमा क्लासेनले तीन छक्का र डेभिड मिलरले पनि चौका प्रहार गरे । जाम्पाको अन्तिम दुई ओभरमा दक्षिण अफ्रिकाले ४४ रन जोडेको थियो।
दक्षिण अफ्रिकाले अस्ट्रेलियाविरुद्ध ५ विकेटको क्षतिमा ४१६ रन बनाएको थियो। एक दिवसीयमा उसको यो दोस्रो उच्च स्कोर हो । विकेटकिपर ब्याट्सम्यान हेनरिक क्लासेनले ८३ बलमा सर्वाधिक १७४ रन बनाए । जवाफमा एलेक्स केरीले ९९ रन बनाए पनि अस्ट्रेलियाले २ सय ५२ रन मात्रै बनाउन सक्यो ।
आइतबार जोहानेसबर्गमा हुने फाइनल खेलअघि दक्षिण अफ्रिकाले पाँच खेलको शृङ्खलामा २–२ को बराबरी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण