बाल दिवसका अवसरमा धनकुटा नगरपालिकाले आयोजना गर्यो वक्तृत्वकला प्रतियोगिता
धनकुटा । ५९ औँ बाल दिवसको अवसर पारेर धनकुटामा वक्तृत्वकला प्रतियोगिता गरिएको छ । दिवसको अवसरमा धनकुटा नगरपालिकाले ‘बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी’ विषयक अन्तर विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगितामा तुलसी मेहर माविका डिना घिमिरे पहिलो, बालसंसार माविका दिया बस्नेत दोस्रो, निजामती आवासीय माविका आर्शी अधिकारी तेस्रो र गोकुण्डेश्वर माविका किरण अधिकारीले चौथो भएका छन् । उनीहरूलाई क्रमशः पाँच, चार, तीन र एक हजार नगद पुरस्कार प्रदान गरिएको छ ।
प्रतियोगितामा धनकुटा नगरपालिका क्षेत्रका नौ विद्यालयका विद्यार्थीहरू सहभागी थिए । धनकुटा नगरपालिकाका उपप्रमुख भीमादेवी खनालको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा डा.यज्ञप्रसाद गुरागाईँ, शिक्षा शाखा प्रमुख नगेन्द्रमणि श्रेष्ठ र सञ्चारकर्मी रमेशचन्द्र अधिकारी निर्णायकको भूमिकामा थिए ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिनाथ सुवेदी, गैरसरकारी संस्थाका अध्यक्ष मीन सुवेदी, हुसाडेक नेपालका उपाध्यक्ष कृष्णगोविन्द अधिकारी, केदार दाहाल लगायतले वाल दिवसको सन्दर्भमा धारणा राखेका थिए । यसैगरी, बाल दिवसको अवसरमा धनकुटामा र्याली र अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण