लघुकथा
अपाङ्ग
शनिबार, ३० भदौ २०८०, १३ : ५४
‘ल है, दिदी बहिनी हो । भोलि दर खाने निमन्त्रणा छ ।’ सिमरनले फोनबाटै धमाधम निमन्त्रणा बाँडिन् ।
लाखौँको भोज आयोजना भयो । भव्य पार्टी आयोजना गरियो । गन्यमान्य नेता पुगे । मासुदेखि मदिरासम्म व्यवस्थापन थियो । ठुलो होहल्ला मच्चिएपछि नजिकैको वृद्धाश्रमबाट वृद्धहरूले चिहाए । अर्को छेउको अपाङ्ग आश्रमबाट अपाङ्गहरूले चिहाए । उनीहरूलाई अवहेलना भएको महसुस भयो ।
‘तीज त दिदी बहिनीका पीडा साट्न मनाइन्छ । हामी वृद्धहरूलाई केही खुवाएको भए के जान्थ्यो ?’ वृद्धाश्रमका एक वयोवृद्ध बोले ।
ह्विल चियरमाथि उठाउँदै मनमाया बोलिन्, ‘पैसा भएर मात्रै के गर्नु ? सही ठाउँमा प्रयोग नगरेपछि । हामीभन्दा बढी अपाङ्ग रहेछन् यी तीज मनाउनेहरू त ।
हेलम्बु–६, सिन्धुपाल्चोक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण