कलाकार रसल ब्रान्डमाथि बलात्कार र यौन दुर्व्यवहारको आरोप

लण्डन । कमेडियन तथा कलाकार रसल ब्रान्डमाथि बलात्कार, यौन दुर्व्यवहार र भावनात्मक शोषण गरेको आरोप लागेको छ । ब्रान्डले चर्चाको शिखरमा रहेको सात वर्षमा यी अपराधहरु गरेको आरोप लगाइएको हो ।
द सन्डे टाइम्स, द टाइम्स र च्यानल फोर गरेको संयुक्त अनुसन्धानमा चार जना महिलाले ब्रान्डमाथि सन् २००६ र २०१३ को बीचमा यौन दुर्व्यवहारको आरोप लगाएका छन् । ब्रान्डले भने आफूमाथि लगाइएको सबै आरोपलाई खण्डन गर्दै आफ्नो सम्बन्ध जहिले पनि सहमतिमा भएको जिकिर गरेका छन् ।
घटना भएको बेला ब्रान्डले हाईफ्रोफाइल कामहरूमा संलग्न थिए । उनले बीबीसी रेडियो २, च्यानल फोर तथा हलिउडमा अभिनेताको रूपमा काम गर्थे । उनीमाथि सम्बन्धमा रहँदा नियन्त्रणमुखी र आक्रामक भएको पनि आरोप छ ।
यसबारेको रिपोर्ट सन्डे टाइम्समा प्रकाशित भएको थियो भने च्यानल फोरले रसल ब्रान्ड – इन प्लेन साइट नामक वृत्तचित्र शनिबार प्रकाशित गरेको थियो ।
एक महिलाले ब्रान्डले उनलाई लज एन्जलिसको घरमा बलात्कार गरेको आरोप लगाएकी छन् । दोस्रो महिलाले ब्रान्डले उनलाई १६ वर्षको उमेरमा दुर्व्यवहार गरेको बताएकी छन् ।
अर्की महिलाले ब्रान्डसँग काम गर्दा उनले लस एन्जलिसमा यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन् । चौथी महिलाले पनि ब्रान्डले यौन दुर्व्यवहार र शोषण गरेको आरोप लगाएकी छन् ।
–बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तान विस्फोट : चिनियाँ राष्ट्रपति स्तब्ध
-
झापामा लागु औषधसहित २ युवायुवती पक्राउ
-
प्रहरी कर्मचारीको निःशुल्क स्वास्थ्य जाँच
-
खोलाले बगाएको जीप भेटियो, एक मृत फेला, दुई अझै बेपत्ता
-
गोरखा अस्पतालको स्तरोन्नति प्रदेश सरकारको प्राथामिकता : मुख्यमन्त्री पाण्डे
-
पचास लाख बराबरको बेवारिसे कपडा राजस्वको नियन्त्रणमा