भत्ता वृद्धिसहित यस्ता छन् कोशी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकका निर्णय
विराटनगर । कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले संविधान सभाका अध्यक्ष, पूर्व सभामुख तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्गको दुःखद र असामयिक निधनप्रति दुःख व्यक्त गर्दै हार्दिक शोक प्रस्ताव पारित गर्ने निर्णय गरेको छ ।
यसैगरी बैठकले प्रदेश सरकारका मन्त्रालय, आयोग र निकायहरुको आर्थिक वर्ष २०८०÷८१ को अस्थायी सङ्गठन संरचनाका दरबन्दीहरु स्वीकृत गर्ने निर्णय गरेको छ ।
बैठकले संघीय सरकारको वन मन्त्रालय अन्तर्गतका कोशी प्रदेशमा कार्यरत ७४ जना फरेस्टरहरु (खरिदार सरह) लाई संघीय सरकारले अनुमति दिएमा प्रदेशमा समायोजन गर्न कोशी प्रदेश सरकार तयार रहेको जानकारी सङ्घीय सरकार गराउने निर्णय गरेको छ ।
प्रदेश सरकारका कार्यालयमा कार्यरत कर्मचारीहरुलाई प्रतिदिन एक सयको दरले दिँदै आएको खाजा भत्ता विद्युतीय हाजिरीका आधारमा उपस्थिति भएको दिन दैनिक दुई सयको दरले दिने निर्णय गरेको पनि मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण