अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकरामको कागज : अनलाइन जुवाको सूचना लिन दावासँग च्याट
काठमाडौँ । अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीले अनलाइन जुवाबारे सूचना लिनका लागी दावा छिरिङसँग कुरा हुने गरेको बताएका छन् । ६० किलो सुन प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा गएर कागज गरेका अधिकारीले तिब्बतीयन मूलका बेल्जियन नागरिक दावासँग २१ जुन २०२१ मा चिनजान र विच्याटमा सम्पर्क स्थापित भएको बताएका छन् ।
सीआईबीसँग कागज गर्दै अधिकारीले भनेका छन्–‘दावा छिरिङले मलाई विच्याटमा केही चिनियाँ नागरिकहरूले अनलाइन जुवा खेलाएर राजस्व चुहावट गरेको सम्बन्धी सूचना दिन्छु भनेका थिए, त्यसै सन्दर्भमा कुराकानी भएको थियो ।’
आफू कर प्रशासनमा २०७२ बाट काम गरेको हुनाले राजस्व चुहावट सम्बन्धी सूचना सम्बन्धित निकायमा जानकारी गराउनु आफ्नो ‘पेसागत कर्तव्य’ भएको अधिकारीले बताएका छन् । सुन तस्करीमा संलग्न बेल्जियन नागरिक दावा छिरिङसँग सूचना लिने सन्दर्भमा मात्रै कुराकानी हुने गरेको अधिकारीले जिकिर गरेका छन् ।
प्रहरीको अनुसन्धानबाट झलकरामले विच्याटमार्फत पानी तान्ने मेशिनको फोटो दावालाई पठाएको भेटिएको छ । त्यसबारे झलकरामले कर प्रशासनमा मूल्य सम्बन्धी जानकारीका लागी नेपाली मूल्य आवश्यक पर्ने भएको हुनाले पानी तान्ने मेशिनको फोटो पठाएको अनुसन्धान अधिकृतहरूलाई बताएका छन् ।
छिरिङले झलकरामलाई पठाएको म्यासेजमा ‘गुड बिजनेस फर यु’ र ‘भेरी बिग एमाउण्ट क्यास’ जस्ता संवाद देखिन्छ । त्यसबारे झलकरामले भनेका छन्–‘अनलाइन जुवाको बिजनेसको बारेमा ती शब्द प्रयोग गरेका हुन् तर, सो विषयमा थप कुनै कुराकानी भएन ।’
राजस्व चुहावटको सूचना दिनेलाई १० प्रतिशत पुरस्कार दिने व्यवस्था भएको हुनाले त्यस्ता सूचना राजस्व अनुसन्धान विभागलाई दिन भनेर दावाले आफूलाई भनेको झलकरामले बताएका छन् । बयान कागजमा उनले भनेका छन्–‘जुवा सम्बन्धी विषय भएको हुनाले कुराकानीमा बिग एमाउन्ट भनेर लेखेको हुनसक्छ ।’
आफू २०७९ जेठमा राजस्व अनुसन्धान विभागको महानिर्देशकमा सरुवा भएपछि दावाले ‘बधाई’ भनेर म्यासेज पठाएको झलकरामले कागजमा खुलाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण