सुदूरपश्चिममा पहिलो पटक हुने ‘शारीरिक सुगठन प्रतियोगिता’ को ट्रफी सार्वजनिक
काठमाडौँ । सुदूरपश्चिम प्रदेशको धनगढीमा पहिलो पटक आयोजना हुने ‘सुदूरपश्चिम श्री शारीरिक सुगठन प्रतियोगिता’ को ट्रफी सार्वजनिक गरिएको छ । फारवेष्ट फिटनेस एण्ड स्पोटर्स क्लबको आयोजनामा असोज १२ र १३ गते धनगढीमा हुने प्रतियोगिताको ट्रफी सोमबारसार्वजनिक गरिएको हो ।
दुई विधाका प्रथम, द्धितीय र तृतीय हुने खेलाडीलाई दिइने ट्रफी सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्यसचिव दिपकबहादुर सिंह र फारवेष्ट फिटनेस एण्ड स्पोटर्स क्लबका अध्यक्ष मोहन तामाङले सार्वजनिक गरे ।
खुला पुरुष शारीरिक र शारीरिक सुगठन खुल्ला गरी दुई विद्यामा खेलाइने प्रतियोगिताका दुवै विधाका विजेतालाई जनही २५ हजार रुपैयाँ नगद पुरस्कार दिइनेछ । यसैगरी दुवै विधामा दोस्रो हुने खेलाडीलाई १५ हजार र तेस्रो हुनेलाई १० हजार रुपैयाँ नगद पुरस्कार दिइनेछ । यसका अतिरिक्त जिन्सी पुरस्कारहरुबाट पनि खेलाडीहरुलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
ट्रफी सार्वजनिक कार्यक्रममा सदस्यसचिव सिंहले प्रदेशमा पहिलो पटक हुन लागेको शारीरिक सुगठन प्रतियोगितालाई सफल पार्नका लागि परिषद्ले प्रवर्द्धन गरेर साथ दिएको बताए । उनले यसले खेलाडी उत्पादनमा पनि टेवा पुर्याउने धारणा व्यक्त गरे ।
सुदूरपश्चिम प्रदेशमा शारीरिक सुगठनको खेलको जग बसाल्ने, नयाँ खेलाडी उत्पादन गर्ने र लागू औषधको दुर्व्यसनी रोक्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । प्रतियोगितामा कुनै पनि उमेर समूहका खेलाडीहरुले भाग लिने सक्नेछन् । प्रदेश स्तरीय प्रतियोगिता भएकाले सुदूरपश्चिमका सबै खेलाडीले भाग लिन पाउने फारवेष्ट फिटनेस एण्ड स्पोटर्स क्लबका अध्यक्ष मोहन तामाङले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण