क्रियटिभ डेनमार्कको आयोजनामा सुनिता दुलालसँग तीज साँझ
सोमबार, ०१ असोज २०८०, २२ : २२

काठमाडौँ । डेनमार्कमा स्थापित नेपाली महिलाहरूको संस्था क्रियटिभ नेप्लिज ओमन, डेनमार्कले एक कार्यक्रमको आयोजना गरेको छ । संस्कृतिलाई जगेर्ना गर्ने हेतुले भव्य तथा सभ्य तिज विशेष साँझ कार्यक्रम सम्पन्न गरिएको आयोजकको भनाइ छ ।
हरेक बर्ष झै यस वर्ष पनि संस्थाले मौलिकतालाई थिम बनाई कार्यक्रम सम्पन्न गरेको थियो। कार्यक्रमको मुख्य आकर्षण गायिका सुनिता दुलाल र स्थानीय कलाकारको प्रस्तुति रहेको थियो । उक्त कार्यक्रममा नेपाल डेनमार्क दूतावासका राजदूत प्राडा रामस्वार्थ रायलगायतको उपस्थिति रहेको थियो।
उत्कृष्ट नृत्य र गीतसँगै अनुजा गौतम र प्रकाश ढकालले क्रमशः तीज विशेष गजल र कविता प्रस्तुत गरेका थिए । संस्थाकी अध्यक्ष शर्मिला पाण्डेको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश सरकारको ‘डिजिटल कर्णाली’ अभियानमा केन्द्र सरकारले सहयोग गर्ने
-
‘सम्झौता भएका ४६ परियोजना ५ वर्षभित्रमा कार्यान्वयन हुन्छ’
-
अभिनेत्री ऋचा घिमिरे अमेरिकन कम्पनीको ब्रान्ड एम्बासडर नियुक्त
-
कतारले उपहारमा दिने लग्जरी बोइङ जेट स्वीकार गर्ने तयारीमा ट्रम्प, एयर फोर्स वनको रूपमा नचलाउने
-
अमेरिका–इजरायलको सहायता वितरण योजना गाजावासीद्वारा अस्वीकार
-
शक्तिशाली सरकारलाई फेसबुक र एक्सले टेरेनन्ः चार वटा मात्रै सूचीकृत