क्रियटिभ डेनमार्कको आयोजनामा सुनिता दुलालसँग तीज साँझ
सोमबार, ०१ असोज २०८०, २२ : २२
काठमाडौँ । डेनमार्कमा स्थापित नेपाली महिलाहरूको संस्था क्रियटिभ नेप्लिज ओमन, डेनमार्कले एक कार्यक्रमको आयोजना गरेको छ । संस्कृतिलाई जगेर्ना गर्ने हेतुले भव्य तथा सभ्य तिज विशेष साँझ कार्यक्रम सम्पन्न गरिएको आयोजकको भनाइ छ ।
हरेक बर्ष झै यस वर्ष पनि संस्थाले मौलिकतालाई थिम बनाई कार्यक्रम सम्पन्न गरेको थियो। कार्यक्रमको मुख्य आकर्षण गायिका सुनिता दुलाल र स्थानीय कलाकारको प्रस्तुति रहेको थियो । उक्त कार्यक्रममा नेपाल डेनमार्क दूतावासका राजदूत प्राडा रामस्वार्थ रायलगायतको उपस्थिति रहेको थियो।
उत्कृष्ट नृत्य र गीतसँगै अनुजा गौतम र प्रकाश ढकालले क्रमशः तीज विशेष गजल र कविता प्रस्तुत गरेका थिए । संस्थाकी अध्यक्ष शर्मिला पाण्डेको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण