कोरियामा अनुसन्धानका लागि रोकिए दीपशिखा : भन्छन्, ‘चाँडै नेपाल फर्कनेमा विश्वस्त छु’

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं वाइसीएल इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ दक्षिण कोरियामा रोकिएका छन् । उनले कोरियन सरकारको भन्सार विभागले आफूसँग डकुमेन्ट मागेकोले कोरियामा रोकिएको जानकारी दिए ।
दीपशिखाले आफू कोरियामा रोकिनुको कारण खुलाउँदै भने, ‘ म गत अगस्ट १० तारिखमा कोरियाको नेपाली जनप्रगतिशिल मञ्चको कार्यक्रममा भाग लिन आउने क्रममा महामहिम राजदूत ज्योति प्याकुरेलले विगत १ वर्षदेखि सेवन गरिरहनुभएको औषधि मगाउनुभएकोले लिएर आएको थिएँ । अन्जानबस डाक्टरको प्रेस्किप्सन म सँग नभएकोले कोरियन सरकारको भन्सारले प्रेस्किप्सन सहीत अन्य आवश्यक डकुमेन्ट मागेकोले राजदूतावासले मागेका डकुमेन्टहरू बुझाइसकेको छ । ’
भन्सारको भेरिफिकेसन नसकिएकोले कोरियाबाट आफूलाई नेपाल फर्कन नदिएको उनले स्वीकार गरे । तर उनले नजरबन्द, गिरफ्तारी भने नगरिएको स्पष्टीकरण दिए ।
उनले थपेका छन्, ‘नियतवश कुनै कमजोरी नगरेका कारण चाँडै नेपाल फर्कनेमा विश्वस्त छु । आफ्नै देशको बिमार राजदूतलाई सहयोग गर्दा मलाई परेको अप्ठ्यारोप्रति विवेक पुर्याईदिन र पीडित मलाई थप पिडा नदिनुहुन नेपाली मिडिया, सामाजिक सञ्जालका साथीहरूमा अपिल गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोटनह्यामविरुद्धको खेल पुनः खेलाइनुपर्ने क्लपको माग
-
अनलाइन सट्टेबाजी : अभिनेता रणवीर कपूरलाई सोधपुछका लागि बोलाइयो
-
एमसीसी परियोजनाले नेपाल र अमेरिकाबीच आर्थिक साझेदारीको नयाँ ढोका खुल्यो : प्रचण्ड
-
आमिर खानको फिल्ममा सनी देओल मुख्य भूमिकामा रहने
-
आम आदमी पार्टीका सांसद सञ्जय सिंह पक्राउ
-
राजधानीमा चट्याङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु (फोटोफिचर )