'नेम्वाङकाे निधनले पाटीलाई मात्रै नभएर देशलाई अपूरणीय क्षति'
बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व मन्त्री युवराज ज्ञवालीले संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनले पार्टीलाई मात्रै नभएर देशलाई अपूरणीय क्षति भएको बताएका छन्।
नेकपा (एमाले) लुम्बिनी प्रदेश तथा रुपन्देही जिल्ला कमिटीले बुटवलमा आयोजना गरेको नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ विषयक विचार गोष्ठीमा बोल्दै नेता ज्ञवालीले नेम्वाङ एमालेको मात्र नेता नभएको बताए । उनले सबैको प्रिय हुनसक्ने मान्छे अपवाद मध्ये नेम्वाङ एक रहेको बताए ।
एमालेका सचिव तथा पूर्व मन्त्री पद्मा अर्यालले नेम्वाङले हरेक प्रतिकुलतालाई अनुकूलतामा बदलेर संविधान जारी गर्न भूमिका खेलेको बताइन् ।
अर्यालले नेम्वाङसँग सबैलाई मिलाउन सक्ने क्षमता रहेको स्मरण गरिन्।
एमाले लुम्बिनी अध्यक्ष राधाकृष्ण कँडेलको अध्यक्षता कार्यक्रममा नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य हकिकुल्ला खाँले शालीन , राप्रपाका महामन्त्री ताहिर अली, नेपाली कांग्रेस रूपन्देहीका कोषाध्यक्ष हरि अर्याल,राष्ट्रिय जनमोर्चाका रुपन्देही उपाध्यक्ष टानबहादुर केसीले लगायतले बाल्दै कम्युनिस्ट आचरणमा रहेका सुवास सरल, निष्कलङ्क भएकैले संविधान निर्माणमा अत्यन्तै ठुलो भूमिका खेल्न सकेको बताएका थिए ।
यस्तै एमाले स्थायी कमिटी सदस्यहरू लीला गिरी र दधिराम न्यौपाने, प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठलगायतले सुवास नेम्वाङका योगदानहरूको बारेमा चर्चा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण