क्यानडाले भारतका लागि जारी गर्यो नयाँ ट्राभल एड्भाइजरी
क्यानडाले भारतका लागि नयाँ ट्राभल एड्भाइजरी जारी गरेको छ । यसमा उसले आफ्ना नागरिकलाई ‘अत्यन्त सतर्क’ रहन भनेको छ ।
क्यानेडेली सरकारले आफ्ना नागरिकलाई ‘अभूतपूर्व सुरक्षा अवस्थाका कारण’ केन्द्र शासित प्रदेश जम्मू–कश्मीरको यात्रा नगर्न आग्रह गरेको छ ।
मङ्गलवार जारी गरिएको यो एड्भाइजरीमा भनिएको छ, ‘ जम्मू कश्मीरमा आतङ्कवाद, अतिवाद, अशान्ति र अपहरणको खतरा छ । यसमा लद्दाखको यात्रा समावेश छैन ।’
यसका साथै भारतको उत्तर–पूर्वी क्षेत्रका केही क्षेत्रमा नजान पनि नागरिकलाई आग्रह गरिएको छ । पाकिस्तानसँग सीमा जोडिएको गुजरात, पन्जाब र राजस्थानका क्षेत्रमा नजान पनि आग्रह गरिएको छ ।
क्यानडाको यो नयाँ ट्राभल एड्भाइजरी दुई देशबीच तनाव बढिरहेको बेला जारी गरिएको हो ।
सोमबार क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले हरदीप सिंह निज्जरको हत्यामा भारत सरकारको संलग्नता रहेको आशङ्का व्यक्त गरे । यसका साथै, क्यानडा सरकारले एक भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेको थियो ।
"Avoid all travel to the Union Territory of Jammu and Kashmir due to the unpredictable security situation. There is a threat of terrorism, militancy, civil unrest and kidnapping. This advisory excludes travelling to or within the Union Territory of Ladakh," says Canada in its… pic.twitter.com/AxV7aZ18q3
— ANI (@ANI) September 19, 2023
त्यसको बदलामा भारतले पनि क्यानडाली कूटनीतिज्ञलाई देश निकाला गरेको थियो र उनलाई भारत छोड्न पाँच दिनको समय दिएको थियो ।
भारत सरकारले क्यानडाको आरोपलाई अस्वीकार गर्दै यसलाई निराधार बताएको छ ।
आफ्नो देशको संसद्मा भारतलाई आरोप लगाउने ट्रूडोले मङ्गलवार अर्को बयान दिए ।
उनले भने, ‘सिख पृथकतावादी नेताको हत्यामा भारतीय एजेन्टको संलग्नता रहेको आशङ्का व्यक्त गर्नुको पछाडि क्यानडाको नियत भारतलाई उक्साउने नभई भारतले यो विषयलाई राम्ररी सम्हालोस् भन्ने क्यानडाको चाहना हो । ’
‘भारत सरकारले यस विषयमा गम्भीरता देखाउनुपर्छ । हामीले यही गरिरहेका छौँ । हामी कसैलाई उक्साउन वा मुद्दा तान्न चाहँदैनौँ । यो अत्यन्तै गम्भीर छ र अन्तर्राष्ट्रिय कानुनमा यसको दूरगामी परिणाम हुनेछ, हामी शान्त रहनेछौँ । हामी हाम्रो लोकतान्त्रिक सिद्धान्त र मूल्य मान्यतामा अडिग रहनेछौँ । हामी प्रमाणको पालना गर्नेछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण