भेपमा सुन प्रकरणका प्रतिवादी थुनामुक्तको निवेदन लिएर उच्च अदालतमा
काठमाडौँ । भेपमा लुकाएर ल्याएको सुन चोरी र तस्करी प्रकरणमा थुनामा रहेका प्रतिवादीहरू उच्च अदालत पाटन पुगेका छन् । भेपमा सुन प्रकरणमा प्रतिवादीहरू थुनामुक्त हुन पाउँ भन्दै दिएको निवेदनमा बिहीबार उच्च अदालत पाटनमा सुनुवाइ भइरहेको छ ।
बिहीबार भेपमा सुन तस्करी प्रकरणमा प्रतिवादीहरूको निवेदन कामु मुख्य न्यायाधीश महेश शर्मा पौडेल र न्यायाधीश रमेश ढकालको संयुक्त इजलासमा परेको छ ।
आपराधिक विश्वासघात र संगठित अपराधको मुद्दामा काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका प्रतिवादीहरू साहेब राव पाण्डुरंग मरगले, दिनेश बस्नेत र रेवन्त खड्का तथा आपराधिक विश्वासघातको कसुरमा थुनामा रहेका निर्मल कुमार बिक थुनामुक्त हुनपाउँ भन्दै उच्च अदालत पुगेका हुन् ।
चिनियाँ नागरिकले भेपमा लुकाएर ल्याएको सुन विमानस्थल भन्सार कार्यालयले जफत गरेको अवस्थामा त्यहीँ कार्यरत सुरक्षा गार्ड निर्मल कुमार बिक तथा भन्सार एजेन्टहरूले विमानस्थलबाट सुन चोरी गरी विक्री वितरण गरेका थिए ।
अनुसन्धानका क्रममा ९ किलो सुन तस्करी गरी ल्याएको र उक्त सुन विमानस्थल भन्सारको गोदामबाट चोरी गरी विक्री वितरण गरेको पाइएको थियो । सोही प्रकरणमा काठमाडौँ जिल्ला अदालतले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
जिल्ला अदालतले थुनामै राख्ने आदेश दिएपछि ७३ नम्बरको निवेदन लिएर उनीहरू उच्च अदालत पाटन पुगेका हुन् । उच्च अदालतले धरौटी वा साधारण तारेखमा छाड्ने आदेश दिएमा प्रतिवादीहरू अदालतको आदेश बमोजिम छुट्नेछन् भने काठमाडौँ जिल्ला अदालतकै आदेश सदर गरेमा उनीहरू थुनामै रहेर मुद्दाको पुर्पक्ष गर्नुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण