सर्लाहीमा दुई समुदायको विवाद समाधान गर्न सर्वदलीय बैठक
सर्लाही । सर्लाहीमा दुई समुदायबीचको विवाद चर्किएर अप्रिय अवस्थाको सिर्जना भएपछि अवस्थालाई सामान्य बनाउन सर्वदलीय बैठक बसिरहेको छ ।
कृष्ण जन्मास्ष्टमीको दिनदेखि भएको विवाद अझै साम्य नभएपछि स्थानीय प्रशासनले गएरातिदेखि मलंगवा क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।
यद्यपि कफ्र्यु आदेशका बीच शुक्रबार प्रदर्शनकारीले सिडिओ कार्यालय कार्यालय घेराउ गरी ढुुङ्गामुढा गरेका छन् । सो क्रममा बल प्रयोग गरेर प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पारेको स्थानीय डा.गुणेश्वर झाले बताए । सिडिओ कार्यालय वरपरबाट प्रदर्शनकारीलाई हटाइए पनि गाउँघरको गल्ली तथा सडक बाटोमा प्रदर्शनहरू जारी रहेको उनले बताए ।
यसैबीच सहायक सिडिओ होमप्रसाद घिमिरेका अनुसार अवस्थालाई सामान्यीकरण गर्न सिडिओ कार्यालयमा सर्वदलीय बैठक जारी हो । बैठकबाट सबै पक्ष सहमतिमा आउने उनले विश्वास व्यक्त गरे ।
कृष्ण जन्मास्ष्टमीको दिनदेखिको विवाद बिहीबार मूर्ति विसर्जन गर्ने क्रममा थप बढेपछि अवस्था तनावपूर्ण भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ सडक सहयोगापेक्षी मानवमुक्त घोषणा
-
हिमालीबाहेक गण्डकीका सबै जिल्लामा रास्वपाको नयाँ नेतृत्व
-
‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उच्च शिक्षादेखि आयोगका परीक्षामा मोबाइल तथा इलेक्ट्रोनिक डिभाइस लगेमा के हुन्छ ?
-
रास्वपा बागमती अधिवेशन आजबाट, सभापति लामिछाने सहभागी नहुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण