सर्लाहीमा दुई समुदायको विवाद समाधान गर्न सर्वदलीय बैठक

सर्लाही । सर्लाहीमा दुई समुदायबीचको विवाद चर्किएर अप्रिय अवस्थाको सिर्जना भएपछि अवस्थालाई सामान्य बनाउन सर्वदलीय बैठक बसिरहेको छ ।
कृष्ण जन्मास्ष्टमीको दिनदेखि भएको विवाद अझै साम्य नभएपछि स्थानीय प्रशासनले गएरातिदेखि मलंगवा क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।
यद्यपि कफ्र्यु आदेशका बीच शुक्रबार प्रदर्शनकारीले सिडिओ कार्यालय कार्यालय घेराउ गरी ढुुङ्गामुढा गरेका छन् । सो क्रममा बल प्रयोग गरेर प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पारेको स्थानीय डा.गुणेश्वर झाले बताए । सिडिओ कार्यालय वरपरबाट प्रदर्शनकारीलाई हटाइए पनि गाउँघरको गल्ली तथा सडक बाटोमा प्रदर्शनहरू जारी रहेको उनले बताए ।
यसैबीच सहायक सिडिओ होमप्रसाद घिमिरेका अनुसार अवस्थालाई सामान्यीकरण गर्न सिडिओ कार्यालयमा सर्वदलीय बैठक जारी हो । बैठकबाट सबै पक्ष सहमतिमा आउने उनले विश्वास व्यक्त गरे ।
कृष्ण जन्मास्ष्टमीको दिनदेखिको विवाद बिहीबार मूर्ति विसर्जन गर्ने क्रममा थप बढेपछि अवस्था तनावपूर्ण भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहामा किशोरीले गरे युवकमाथि चक्कु प्रहार, किशोरी प्रहरी नियन्त्रणमा
-
’स्टुडेन्ट इन्गेजमेन्ट टुर २०२५’ मा अन्तर्राष्ट्रिय अध्ययनबारे जानकारी प्रदान
-
हेटौँडाकी मेयरको कार : सरकारी सवारीमा निजी नम्बर प्लेट
-
बागमती सहित यी पाँच प्रदेशमा वर्षा
-
बुटवलको नीति तथा कार्यक्रम : सीप तथा रोजगारमा विशेष जोड
-
पेवेल नेपाल र सजिलो पे पेमेन्टको लाइसेन्स खारेज