वामपन्थीबीचको एकताका लागि प्रगतिशील लेखकले सिर्जना गर्नुपर्छ : मन्त्री किराती
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सुदन किरातीले जनता र सहिदका सपना पूरा गराउन वामपन्थीलाई एकताबद्ध बनाउन लेखकले सशक्त सिर्जना गर्नुपर्ने बताएका छन् ।
प्रगतिशील लेखक सङ्घ (प्रलेस) को ७२औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रममा मन्त्री किरातीले विश्वमै कम्युनिष्ट रक्षात्मक स्थितिमा रहेका बेला नेपालमा कम्युनिष्ट एक हुन नसकेको तर विसं २००९ देखि प्रलेसमा सबै वामविचारमा लेखक सङ्गठित भएको सन्दर्भ उल्लेख गर्दै सङ्घले एकताका लागि पहल गर्ने ताकत राख्ने बताए । उनले भने, “आफ्नो उचाइ अग्लो बनाउन अरुलाई खुट्टा तान्ने प्रवृत्ति कम्युनिष्टमा देखिन्छ । यो प्रवृत्तिले समाजवादको सपना पूरा हुँदैन । लेखकले सशक्त रचनाका माध्यमबाट यस्ता गलत संस्कृतिको चिरफार गर्नुपर्छ ।”
उनले समाजवादी संस्कृतिको उजागर गर्दै वैचारिक अभियानलाई निरन्तर अघि बढाउन प्रलेसलाई आग्रह गरे । कार्यक्रममा मन्त्री किरातीले रु २५ हजार एक सय राशिको प्रलेस श्यामप्रसाद स्मृति पुरस्कार कवि कुन्ता शर्मालाई प्रदान गरे । यस्तै रु २० हजार एक सय राशिको प्रलेस प्रतिभा पुरस्कार नरेश भण्डारीलाई, रु ११ हजार राशिको बालसाहित्य पुरस्कार प्रा डा कपिल लामिछानेलाई र १० हजार एक सय राशिको प्रलेस साहित्य पुरस्कार गुरुप्रसाद कुमाल ‘बुलबुल’ लाई दिइयो । सो अवसरमा प्रलेसको २८औँ विशेष अङ्कको विमोचन गरिएको थियो ।
सङ्घका अध्यक्ष डा मदुसूधन गिरीले साम्राज्यवाद र विस्तारवादको विपक्षमा रही समाजवादीधारका लेखकलाई थप एकताबद्ध बनाउन पहल गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण