नेपालको विकासमा सहयोग गर्ने राष्ट्रपति सीको प्रतिबद्धता
चीन । चिनियाँ राष्ट्रपति सी जिनपिङले शान्तिपूर्ण सहअस्तिस्वको पाँच सिद्धान्तका आधारमा नेपाल र चीनले आपसी सम्मान, समर्थन र समान अस्तित्वका साथ ठुलो र सानो देशबीच समान सहअस्तित्व तथा साझा विजयीको नमुना बन्ने बताएका छन् । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डल र चिनियाँ राष्ट्रपति सहितको चिनियाँ टोली बीचको शिष्टाचार भेटमा सो कुरा बताएको चिनियाँ सञ्चारमाध्यमले जनाएका हुन् ।
साताव्यापी भ्रमणका लागि शनिवार चीन आइपुगेका प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सीबिच हाङचौँमा भेट वार्ता भएको छ । राष्ट्रपति सीले चीनले चीन तथा नेपालको सम्बन्धमा उच्च महत्त्व दिँदै नेपालसँग विकासको रणनीतिक सम्पर्कलाई सबल पार्दै विभिन्न व्यवहारिक सहयोग आदानप्रदान गर्ने आफूहरुको इच्छा रहेको बताएका थिए ।
देशको शासन र अनुसन्धानसम्बन्धी अनुभव आदानप्रदानलाई सबल पारी सम्बन्धमा नयाँ प्रगति बढाउने चाहना चीनको रहेको समेत सीले जानकारी गराएका छन् ।
प्रधानमन्त्री दाहाल र नेपाली टोली सहित चिनियाँ राष्ट्रपति र चिनियाँ प्रतिनिधिमण्डलको भेटमा प्रधानमन्त्री दाहालले चीनको विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनालाई सुदृढताका साथ र समर्थन रहेको जानकारी गराए । प्रधानमन्त्रीको हैसियतमा आफ्नो तेस्रो चीन भ्रमणले नेपाल चीन मैत्रीपूर्ण सम्बन्ध र सहयोगका विषयमा नयाँ शक्ति थपिने विश्वास समेत व्यक्त गरे ।
भेटपछि चिनियाँ समय अनुसार ८ बजे १९ औँ एसियाली खेलकुद प्रतियोगितामा प्रधानमन्त्री दाहाल सहभागी हुने कार्यक्रम छ । प्रतियोगिताको उद्घाटन चिनियाँ राष्ट्रपति सीले गर्नेछन् । सो खेलको प्रत्यक्ष प्रसारण चिनियाँ टेलिभिजनहरूले गरिहरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण