प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता (तस्बिरहरू)
काठमाडौँ । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच चीनको हाङ्चौँमा औपचारिक भेटवार्ता भएको छ।
चच्याङ प्रान्तको हाङचौँमा १९औं एसियाली खेलकुदको उद्घाटन समारोहअघि शनिबार प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधि मण्डल र चिनियाँ राष्ट्रपति सी नेतृत्वको टोलीबीच औपचारिक भेटवार्ता भएको हो।
_0NtyVtKCR8.jpg)
प्रधानमन्त्री प्रचण्ड चीनको राजकीय भ्रमणका लागि शनिबार बिहान चीन आइपुगेका हुन् । संयुक्त राष्ट्रसंघको ७८औँ महासभालाई सम्बोधन गरेर उनी न्यूयोर्कबाट सिधै त्यहाँ पुगेका हुन् । सो सहरमा आयोजना गरिएको १९औं एसियन गेमको समुद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुने कार्यक्रम छ ।
यसअघि एसियाली खेलकुद प्रतियोगिता उद्घाटन समारोहमा सहभागी हुन चीनको चच्याङ प्रान्तको हाङचौँ सहरमा पुगेका विशिष्ट अतिथिहरूलाई दिवा भोज दिएर चीनमा स्वागत गरिएको थियो । चिनियाँ राष्ट्रपति सीले आयोजना गरेको भोजमा नेपालका प्रधानमन्त्री प्रचण्ड समेत सहभागी भएका थिए ।
_aW7guey0Do.jpg)
_lhJ0ASsXKc.jpg)
_YluwD8sfOb.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण