नेपाली शब्दकोशबाट ॐ शब्द नहटाउन कांग्रेस नेता भण्डारीको चेतावनी
काठमाडौँ । नेपाली कांग्रेसका नेता शंकर भण्डारीले नेपाली शब्दकोशबाट ॐ शब्द नहटाउन चेतावनी दिएका छन्। पार्टी केन्द्रीय कार्यसमितिको आइतबारको बैठकमा उनले शब्दकोशबाट ॐ शब्द नहटाउन चेतावनी दिएका हुन् । उनले यो कुरा सत्य हो भने त्यसलाई सच्याउन पार्टी नेतृत्वको ध्यानाकर्षण गराए।
भण्डारीले भने, ‘नेपाली शब्दकोशबाट ॐ शब्द हटाउने जुन कुरा आएको छ। त्यसबारे सरकारबाट स्पष्ट जानकारी चाहियो । यदि सत्य हो भने सरकारले त्यस्तो कार्य तुरुन्त बन्द गरोस्।’
यस्तै उनले सदियौँदेखि रहेको वैदिक सनातन धर्मविरुद्धमा सनातनीहरूलाई जिस्क्याउने र अपमान गर्ने काम भइरहेको भन्दै आपत्ति जनाए। ‘सरकार के हेरेर बसेको छ ? यसबारे पार्टीको दृष्टिकोण के हो ?,’ उनको प्रश्न छ ।
मुलुक इतिहासमै सबैभन्दा संकटमा पुगेको भण्डारीको भनाइ छ। उनले भने, ‘यसको कालो दाग कांग्रेस पार्टीलाई नलागोस्। किनभने मुलुकको यस्तो अवस्था आउनुमा कांग्रेस सबैभन्दा बढी जिम्मेवार छ।’
पार्टी स्थापना कांग्रेसको आफ्नो विचार र नीतिले भए पनि ‘कथित’ राजनीतिक व्यवस्थापनका नाममा १२ बुँदे सहमतिसँगै पार्टीले आफ्नो मूल विचार छोडेको भण्डारीको भनाइ छ। उनले भने, ‘त्यसै बेलादेखि कांग्रेस र मुलुक दुवै संटकमा परेका हुन्।’
नेता भण्डारीले पार्टी महासमिति बैठकमा पनि हिन्दु राष्ट्रका विषयमा छलफल हुनुपर्नेमा जोड दिए । उनले परापूर्वदेखि विभिन्न जातजाति र धार्मिक समुदाय मिलेर बसेको देशमा पहिचानको मुद्दा अघि सारेर त्यसलाई बिथोल्न खोजिएको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण