सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

बिना पारिश्रमिक ‘हैदर’ मा काम गरेका थिए शाहिदले

आइतबार, ०७ असोज २०८०, १२ : ५६
आइतबार, ०७ असोज २०८०

मुम्बई । सन् २०१४ मा रिलिज भएको विशाल भारद्वाजको चलचित्र ‘हैदर’ बाट शाहिद कपुरको करियरले नयाँ दिशा पाएको थियो । हालै एक अन्तरवार्तामा शाहिदले उक्त चलचित्रका लागि कुनै पनि पारिश्रमिक नलिएको खुलासा गरेका छन् ।

फिल्म कम्पेनियनसँगको अन्तरवार्तामा उनले चलचित्रमा पारिश्रमिक नलिने एक्लो कलाकार भएको बताएका हुन् । शाहिदले भने, ‘निर्माताहरुले चलचित्र सुरु हुनुभन्दा अघि नै मलाई पैसा दिन नसक्ने बताएका थिए । यो निकै प्रयोगात्मक विषय थियो त्यसैले त्यसका लागि बजेट पाउन निकै कठिन थियो । यदि मलाई पारिश्रमिक दिए चलचित्र नै नबन्ने निर्माताहरूको भनाई थियो । तर मलाई चलचित्रको विषयवस्तु निकै राम्रो लाग्यो त्यसैले म निःशुल्क काम गर्न तयार भएँ ।’

अन्तरवार्तामा शाहिदले यसरी बिना पारिश्रमिक काम गरेको त्यो नै उनको करियरको पहिलो र अन्तिम चलचित्र थियो । उनले भने, ‘यो निकै रोमाञ्चक अनुभव थियो । तर, यसरी काम गर्ने बानी भने पारिनँ किनभने घर पनि चलाउनु थियो ।’

हैदरमा शाहिदसँगै तबु, केके मेनन, इरफान खान र श्रद्धा कपुरको प्रमुख भूमिका रहेको थियो । यो सेक्सपियरको नाटक ह्यामलेटमा आधारित थियो । यस चलचित्रलाई शाहिदको करियरको सबैभन्दा उत्कृष्ट अभिनय पनि भन्ने गरिन्छ । शाहिद अहिले ‘कोई शक’ नामक चलचित्रमा काम गरिरहेका छन् । यसलाई मलयालम निर्देशक रोशन एन्ड्रुजले निर्देशन गर्नेछन् । यसको सुटिङ अक्टोबरको दोस्रो हप्तादेखि सुरु हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप