सरकारसँगको सम्झौता उपलब्धिमूलक रहेको विद्यालय कर्मचारीहरूको निष्कर्ष
काठमाडौँ । सरकारसँग गरिएको ६ बुँदे सम्झौता उपलब्धिमूलक रहेको विद्यालय कर्मचारीहरूले निष्कर्ष निकालेका छन् । नेपाल सामुदायिक विद्यालय कर्मचारी परिषद्ले सरकारसँग गरेको सम्झौता विद्यालय कर्मचारीहरूको हकमा उपलब्धिमूलक रहेको निष्कर्ष निकालेको हो ।
असोज ५ गते सरकारसँग गरेको सहमति अनुसार विद्यालय कर्मचारीले उठान गर्दै आएका माग मुद्दाहरू सम्बोधन गरिएको छ । जसमा दरबन्दी समायोजन गर्ने विषय, सञ्चित बिरामी बिदा र औषधि उपचार खर्च पाउने विषय तथा आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउने विषय सम्झौतामा समावेश गरिएको छ । जसलाई विद्यालय कर्मचारीको हकमा उपलब्धिमूलक रहेको निष्कर्ष निकालेको परिषद्का अध्यक्ष गंगाराम तिवारीले बताए ।
उक्त सहमति अनुसार संसदमा दर्ता भएको विधेयक संशोधनका लागि सङ्घीय सांसदहरूलाई प्रस्ताव राख्न दबाब दिने समेत जनाए । त्यसका लागि राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गर्ने सांसदहरूलाई लबिङ गर्ने लगायतका काम गरिने उनको भनाई छ । कर्मचारीहरूका अधिकांश माग पुरा भएको र सरकारसँग भएको सहमति विद्यालय कर्मचारीका लागि उपलब्धि मूलक भएको अध्यक्ष तिवारीले बताए ।
उनले काठमाडौँ केन्द्रित सडक आन्दोलनमा सहभागी भएका विद्यालय कर्मचारीहरूलाई विद्यालय फर्किएर दैनिक कार्यमा खटिन समेत अपिल गरेका छन् ।‘अब हामी केन्द्रमै बसेर लबिङको पाटोलाई अगाडि बढाउँछौँ । अन्य साथीहरू आफ्नो कर्म क्षेत्रमा फर्किएर काम गर्नुहुन्छ । यसलाई लामो समयको अथक प्रयासपछिको उपलब्धिको रूपमा लिएका छौँ’ उनले भने ।
विद्यालय कर्मचारीहरूले आफूहरूको पेसागत सुरक्षाको माग राख्दै विगतमा समेत काठमाडौँ केन्द्रित आन्दोलन गरेका थिए । त्यो बेला विद्यालय शिक्षा विधेयकमा मागहरू समेटेर जाने सहमति गरेको थियो । तर, विधेयक आउँदा मागहरू सम्बोधन नगरिएपछि नेपाल शिक्षक महासङ्घसँगै परिषद् पनि आन्दोलनमा होमिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण