चेल्सीको खराब सुरुवात कायमै
आइतबार, ०७ असोज २०८०, २१ : १२
लण्डन । १० खेलाडीमा सीमित बनेको चेल्सी आफ्नै घरेलु मैदानमा एस्टन भिल्लासँग पराजित भएको छ । यो सिजन निकै खराब सुरुवात गरेको चेल्सी १–० गोलले स्तब्ध बनेको हो ।
माउरिसयो पोचेटिन्होको टोलीले गोलका लागि थुप्रै अवसर सिर्जना गरे पनि त्यसलाई परिणत भने गर्न सकेन । ५८ औँ मिनेटमा लुकास डिन्येलाई फल हानेपछि मालो गुस्टोले रातो कार्ड पाए । चेल्सीको एक खेलाडी कम भएको फाइदा उठाउँदै ओली वाटकिन्सले खेलको ७७ औँ मिनेटमा पाहुना टोलीका लागि निर्णायक गोल गरे ।
६ खेलबाट चेल्सीले मात्र १ मा जीत हासिल गर्दै ५ अङ्क बटुलेको छ । टोली लिगको १४ औँ स्थानमा सीमित रहेको छ । भिल्ला भने समान खेलबाट चौथो जीतसहित लिगको छैटौँ स्थानमा उक्लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
-
मुख्यमन्त्रीलाई नबुझाउँदै कसरी बाहिरियो एमालेका मन्त्रीहरूको राजीनामापत्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण