अपर लोहोरे खोला र मनकामना इन्जिनियरिङको सेयर दोस्रो बजारमा कारोबार शुरु, कतिमा हुँदैछ किनबेच?
सोमबार, ०८ असोज २०८०, ११ : ५६

काठमाडौँ । सोमबारदेखि अपर लोहोरे खोला हाइड्रोपावर कम्पनी र मनकामना इन्जिनियरिङ हाइड्रोपावर कम्पनीको सेयर कारोबार दोस्रो बजारमा सुरु भएको छ । आईपीओ जारीपछि नेप्सेमा सूचीकृत कम्पनीहरुको कारोबार शुरु भएकोमा अपर लोहोरे खोला हाइड्रोको प्रतिकित्ता सेयर २९२ रुपैयाँमा बिक्री भएको हो ।
यस्तै आजै नेप्सेमा कारोबार शुरु भएको मनकामना इन्जिनियरिङ हाइड्रोपावरको प्रतिकित्ता २२२ रुपैयाँमा कारोबार शुरु भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । यी दुई कम्पनीले पहिलो कारोबारका लागि क्रमशः ९७.८७ रुपैयाँदेखि २९३.६१ पैसा र ७४ रुपैयाँदेखि २२२ रुपैयाँसम्मको रेञ्ज पाएका थिए । यी दुबै कम्पनीले तोकिएको माथिल्लो रेञ्जबाट कारोबार शुरु गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माधव नेपालको एन्जिओप्लास्टी सर्जरी
-
प्ले–अफ चरणमा पुग्न आतुर बेंगलुरु र जित्नै पर्ने दबाबमा रहेको लखनउ आपसमा भिड्दै
-
भारतका २४ विमानस्थल नागरिक सेवाका लागि बन्द, मार्सल तैनाथ
-
डिपेन्डेन्ट भिसामा क्यानडा लैजान्छु भन्दै युवतीले ठगिन् २० लाख
-
पोपमा निर्वाचित हुने पहिलो अमेरिकी बने रोबर्ट प्रिभोस्ट
-
कोशी प्रदेश ‘प्रथम’ लगानी सम्मेलनको उपलब्धि